कोशीले कुन सम्प्रदायको प्रतिनिधित्व गर्छ ? - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

कोशीले कुन सम्प्रदायको प्रतिनिधित्व गर्छ ?


कमल तिगेला

‘कोशी’ नाम कौसिकीमुनी ऋषिको नामबाट बनेको हो । यो नामले एक सम्प्रदायको प्रतिनिधित्व गर्दछ । यसर्थ जतिनै साझा वा भूगोलको रटान दिए पनि यसले एकल साम्प्रदायिक भावनाको बिजय गराउदछ । कोशी र मेची अन्चल पञ्चायती ब्यबस्थाले पल्लो किरात लिम्बुवानलाई मेटेर राखेका नाम हुन् । २०१७ साल अघिका कागज पत्र हेर्ने हो भने यश प्रदेसको नाम ‘पल्लो किरात लिम्बुवान’ भेटिन्छ । ‘पल्लो किरात’ सम्बत १८८२÷८३ ताका थपिएको हो । यस अगाडि यस भूगोलको नाम ‘लिम्बुवान’ लेखिन्थ्यो । ‘लिम्बुवान’ भुगोलको नाम सम्बत १८३१ असोजको लालमोहरबाट नामाकरण गरिएको हो । लिम्बू किङडम काठमाडौपूर्व रहेको प्राचीन नक्सा कर्णेल युनिभर्सिटी अमेरिकाको लाइब्रेरीमा रहेको छ । लिम्बूहरुले तामाकोशीमा गोर्खाली सेनासङ्ग युद्द लडेको लालमोहर पाइएको छ ।

त्यसैगरी हडसन पान्डुलिपिमा याक्थुङ्बा (लिम्बू) हरुले आठ दिनको बाटो पर गोर्खालीहरुलाई लखेटेका थिए । ती ठाउँहरु चैनपुर, झाँगाझोली, दुम्जा, बारबिसे हुन जो हाल सिधुली, रामेछाप, काभ्रे, दोलखा जिल्ला र सुनकोशी नदि आसपास रहेका छन । नेपाली शासनको बागडोर शाहकाल अगाडि स्वतन्त्र स–साना देशहरु थिए । २२ से २४ से देशहरुदेखि उपत्याकामा मल्लका ३ देश थिए । पूर्वमा मकवानपुर, चौदण्डी, बिजयपुर सेन दाजुभाइले बाडेर खाएका थिए । बिजयपुर बिजयनारायण राय (लिम्बू) को देश थियो । लिम्बूहरुले पहाडमा १० र मधेसमा केन्द्र शासित गोस्वारा (साझा) मोरङ प्रान्त थियो ।

त्यतिखेरको प्रचलन दाजुभाइमा देश भागबण्डा लगाएर शासन गर्ने चलन थियो । पृथ्वीनारायण शाहले पनि उनका भाइहरुलाई यहि वचन दिएका थिए तर पछि जितेका भू–भाग दाजुभाइलाई नबाडदा भाइहरुबाटै मारिए । उनको अन्त्यस्टी देबघाटमा गरियो र बाघको टोकाईबाट मृत्यु भएको कथित ईतिहास वनाइयो । पृथ्वीनारायण शाहले लिम्बुवान दुई तरिकाले लिए । युद्ध र सन्धी । लिम्बू दुई भागमा बाँडिए । राजा बुद्धिकर्ण र बिजयपुरका प्रथम सेनापति काङ्सोरे, याङ्वारक, मोरङ बिजयपुर, छथर, चैनपुर खपनिया, अरुण युद्धमा होमिए । दोस्रो सेनापति मुदिम्बा खेवाहाङ गोर्खालीसङ्गको युद्धमा चतराघाटमा मारिए । अन्य ८४ जना लिम्बू सेना गोर्खालीद्वारा बिजयपुरको युद्धमा मारिए । बुद्धिकर्ण राय २०३४ सालसम्म कम्पनी टेरिटोरिमा बसेर लडे ।

पृथ्वीनारायण शाहका जेठा छोरा प्रतापसिङ शाहको शासनकाल बुद्धिकर्णसङ्ग लड्दै बित्यो । कुम, सुन, जङ्ग राय (लिम्बू) सन्धी सम्झौतामा १८३१ साउन १२ सुदिमा गए । राय भनिदै गरेकालाई गोर्खालीले चेपाङलाई प्रजा भनेझै लालमोहरमा ‘लिम्बू’ बनाई दिए । लिम्बू जात जाति थिएनन् र होइनन उनीहरु आदिबासी मुलबासी हुन । उनकै जमिन भएकाले ‘लिम्बुवान’ १८३१ असोजको लालमोहरबाट नामाङकन गरियो । यो भन्दा अगाडि याक्थुङ लाजे थियो । थिबोङ याक्थुङ लाजे प्रख्यात थियो । कोशी प्रदेश राखेझै लिम्बू बनाइएका याक्थुङ्हरुले नाम राख्दा याक्थुङ लाजे भन्थे होला ? यसरी नै आफ्नो पुर्खा कौसिकी मुनिको नामबाट प्रदेशको नाम ‘कोशी’ राख्ने भए ‘याक्थुङ लाजे’ पनि राख्नु पर्ने हुन सक्दछ । चेतना भया ।-jhilko

सम्बन्धित खवर