कांग्रेसले राष्ट्रपतिलाई मात्र नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

कांग्रेसले राष्ट्रपतिलाई मात्र नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

१ जेठ, काठमाडौं /

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपतिलाई मात्र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेश गर्दा अवरोध नगर्ने र अन्य कार्यक्रममा अवरोध निर्णय गरेको हो ।

गृहमन्त्रि रवि लामिछानेकाे विषयलाई लिएर नेपाली कांग्रेसले अवरोध गर्दै आए पनि राष्ट्रपतिको कार्यक्रममा अवरोध नगर्ने तर, त्यसछि सरकारले ल्याएको कुनै पनि कार्यसूचीमा प्रवेश नगर्ने उसको निर्णय छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘संघीय संयुक्त बैठकमा भाग लिन्छौं, राष्ट्रपतिको सम्बोधन सुन्छौं । तर त्यसपछि सरकारले ल्याएका कुनै पनि कार्यसूचीमा हामी प्रवेश गर्दैनौं ।’

संघीय संसदको बैठक दिउँसो ३ बजे बोलाइएको छ, जहाँ राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची छ । साँझ ६ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । सहकारी अनियमितामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन नगरे त्यो बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी छ ।

साभार अनलाइन खवर

सम्बन्धित खवर