स्प्रिङ आन्दोलनकर्मी अनशन बस्ने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

स्प्रिङ आन्दोलनकर्मी अनशन बस्ने

साइनो समचारदाता
धरान । प्रदेश नम्बर एकको नामाकरणको चर्चा चलेसँगै पूर्वमा पहिचानवादी शक्तिहरूले आन्दोलन घोषणा गर्ने क्रम जारी छ । प्रदेशको नाममा लिम्बुवान छुट्न नहुने भन्दै लिम्बुवान स्प्रिङ आन्दोलनसम्बद्ध युवाहरूले प्रदेश सभाअगाडि अनशन बस्ने भएका छन् ।


बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै स्प्रिङ आन्दोलनले नामाकरणको टुङ्गो नलागेसम्म भद्र आन्दोलनका रूपमा अनशन बस्ने बताएका हुन् । ‘ऐतिहासिक शासकीय विरासत बोकेको लिम्बुवान आन्दोलनले राजनीतिक, संवैधानिक, सामाजिक सबै किसिमबाट अुनमोदन भई जनमत प्राप्त गरिसकेको अवस्था पनि छ । राज्यले विगतमा लिम्बुवान आन्दोलनसँग पटक पटक गरेका सम्झौताहरूको कार्यान्वयन गर्न पनि पूर्वमा लिम्बुवान प्रदेश बन्ने सशक्त आधार हो ,’ विज्ञप्तिमा भनिएको छ ।


पूर्वमा अलग्गै लिम्बुवान प्रदेश स्थापनाका लागि संवैधानिक जटिलता फुकाउनुपर्ने लिम्बुवान स्प्रिङ आन्दोलनको धारणा छ । यद्यपि तत्काललाई एक नम्बर प्रदेशमा लिम्बुवान नामाकरण गरेर लिम्बुवानवासीको साझा मनोविज्ञानलाई सम्मान गर्नुपर्ने उनीहरूले बताएका छन् ।

यता, प्रदेश सचिवालयले विशेष कारण दर्शाउँदै बिहीबारदेखि सुरु हुुने भनिएको प्रदेश सभाको ३४ औँ बैठक बैशाख २२ गते आइतबार बस्ने गरी सूचना जारी गरिसकेको छ । प्रदेश सचिव गोपाल प्रसाद पराजुलीले सूचना टाँस गरी सो कुराको पुष्टि गरेका छन् । यता, लिम्बुवान स्प्रिङ आन्दोलनकारीले भने घोषित कार्यक्रमलाई आइतबारबाट सुरु गर्ने जनाएका छन् । ‘बिहीबार प्रदेश सभा बैठक स्थगन भएपनि हाम्रो निर्णय यथावत छ,’ अभियन्ता टङ्क सेलिङले भने, ‘आइतबारबाट हामी अनशन थाल्नेछौँ ।’

स्प्रिङ आन्दोलनले अभियन्ता इक्साहाङ चेम्जोङलाई लिम्बुवानकेन्द्रित आन्दोलनका लागि संयोजकको जिम्मेवारी दिएको छ । चेम्जोङ लगायत एघार आन्दोलनकारीहरू गत चैतमा भएको धनकुटाको विरोध प्रर्दशनका क्रममा पक्राउ परेर चर्चामा पनि आएका थिए ।

सामाजिक सञ्जालबाट जोडिएका विभिन्न सङ्गठन, क्षेत्र र पेशामा आबद्ध युवाहरूले गत चैत २६ गते स्प्रिङ आन्दोलनका नाममा आफूहरू सङ्गठित भएको उद्घोष गरेका थिए । लिम्बुवान आन्दोलनमा भएका श्रङ्खलाबद्ध टुटपश्चात् युवाहरूको सक्रियताले एकीकृत आन्दोलनलाई बल पुगेको विश्लेषकहरूले ठहर गरेका छन् ।

सम्बन्धित खवर