महिला दिवसमा यूकेमा सिर्जना वाचन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

महिला दिवसमा यूकेमा सिर्जना वाचन


साइनो समचारदाता
आसफोर्ड(बेलायत) । १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई शुक्रबार संसारभरका अधिकारकर्मीहरूले मनाए । सोही उल्लासमा बेलायती नेपाली कविहरू आफ्नो सिर्जनामार्फत् जोडिए । विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले सिर्जना वाचन कार्यक्रम आयोजना गरिरहँदा दर्जन कविहरूले आफ्नो प्रस्तुतिमा नारीलाई विम्ब बनाइरहेका थिए ।
आसफोर्डको गोरखा भिल्लामा भेला भएका अन्य साहित्यानुरागीहरूले कविहरूलाई सुनेर साथ पनि दिए । सधैँ एकतर्फी रचना वाचन मात्रै गरिरहने सर्जकहरूले यसपटक भने एक अर्काका सिर्जनाउपर पनि समीक्षा गरेर तत्काल प्रतिक्रिया पनि जनाइरहेका थिए । औँतारी साइँला गुरूङले ‘महान् नारी’ कवितामार्फत साँझको भेलालाई पहिलो सम्बोधन गरे । उनीलगत्तै इको कवि विजय हितान मगरले औँतारीको रचनाले नारीलाई अणु बमको संज्ञाका रूपमा प्रस्तुत गरेको बताए । उनले ‘शिखर चढ्न किन नसकेको नारी’ शीर्षकको कविता पस्के । महासङ्घका निवर्तमान अध्यक्ष विश्वासदीप तिगेलाले हितानको रचनाले सुविधामा हुर्किरहेका नारीहरूप्रति व्यङ्ग्य गरेको टिप्पणी गर्दै आफ्नो रचना सुनाए । शुक्रबारै आफ्नो वैवाहिक वर्षगाँठ पनि मनाइरहँदा उनले जीवनसँगिनी भोजकुमारीमाझ आफूलाई प्रस्तुत गरे । पूर्व गोरखा सैनिक समेत रहेका तिगेलाले भने गोरखा शब्दप्रति असहमति जनाउँदै ‘गोरखा शब्दको खारेजी’ सुनाए ।
कवि लाहाङ चेम्जोङले रचनाबारे बोल्दै दुई सय वर्षअघि सुरु भएको गोरखा सैनिक भर्ती परम्पराले पहिचानमा पारेको सङ्कटलाई चित्रित गरेको जनाए । उनले ‘कविताभित्र नोरा’ प्रस्तुत गरे । सोउपर समीक्षा गर्दै गायक थिर थापा मगरले हेनरिक इब्सनको कालजयी नाटक ‘अ डल्स हाउस’ का पात्रहरूलाई उत्कृष्ट ढङ्गले कवितामा रुपान्तरण गरेको प्रतिक्रिया दिए । मगरले पनि नारी बहुआयामिक व्यक्तित्वका रूपमा रहेको भन्दै आधा दर्जन छोटा कविताहरू सुनाए । उनीपछि उदाएका कार्यक्रम संयोजक एवम् कवि अमित थेवेले वाचन गरिएका रचनाहरूले सूक्ष्म रूपमा महिलालाई बुझ्न सघाउ पुगेको धारणा दिए । उनले ‘मिःम्जिमा’ र ‘छापामारको छायाँ’ सुनाए । कार्यक्रममा भोजकुमारी लिम्बु, भावना सिङ्गक चेम्जोङ, आनन्द देवान, तङ्नाम तिगेला, मनिराज आङ्बुहाङ, सुवास राईलगायत उपस्थित थिए । यसैगरी, शुक्रबार बसेको विनेसाम, साउथ यूकेको बैठकले आगामी मार्च ३० तारिखमा आफ्नो स्थापना दिवस तथा अर्थ आवरका अवसर पारेर बृहत साहित्यिक कार्यक्रम गर्न लागरिहेको महासचिव थिर थापा मगरले बताए । उनले बैठकले कवि थेवेलाई कार्य समिति सदस्यमा समेत चयन गरेको जानकारी दिए ।

सम्बन्धित खवर