साइनो समाचारदाता/पथरी, ६ जेठ
पथरी शनिश्चरे नगर क्षेत्रमा लागुपदार्थ सेवन गर्नेको संख्या दिनानु दिन बढ्दै गरएका कारण पथरी जेसिजले लागुपदार्थ सेवन विरुद्ध सचेतनामूलक कार्यक्रम गरेको छ । पथरीशनिश्चरे नगरपालिका वडा नं. –१ आर्थिक सहयोगमा सम्पन्नकार्यक्रममा वडा नं. १ का निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीको उल्लेखिय सहभागिता रहेको थियो ।

किसोर अवस्थाका विर्दार्थीहरु लागुपदार्थ सेवनको दलदलमा फसेका कारण स्कुले विद्यार्थीमा सचेतनामूलक कार्यक्रम आवस्यक र प्रभावकारी हुने भएकाले उमेर समुह र विद्यालयलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको पथरी जेसिजका अध्यक्ष सुमन कुरुङ्वाले जानकारी दिनु भयो ।
कार्यक्रममा वडाभित्र रहेका २ वटा सामुदायिक विद्यालय तथा ४ वटा संस्थागत विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागी विद्यालयहरूमा पञ्चायत माध्यमिक विद्यालय, सुनाखरी माध्यमिक विद्यालय, एभरेष्ट आवसीय माध्यमिक विद्यालय, अन्नपूर्ण माध्यमिक विद्यालय, भूपू सैनिक अङ्ग्रेजी माध्यमिक विद्यालय तथा प्यागोडा माध्यमिक विद्यालय रहेका थिए ।

कार्यक्रमको मुख्य उद्देश्य समाजमा विशेषगरी युवा पुस्तालाई लागुपदार्थ दुव्र्यसन तथा विभिन्न कुलतबाट जोगाउनु रहेको वडाध्यक्ष भिम राईले बताउनु भयो । युवाहरुमा सकारात्मक सोचको विकास गर्नु तथा स्वस्थ, सुरक्षित एवं उत्पादनशील समाज निर्माणतर्फ प्रेरित गर्नु वडाको दायित्यो रहेकाले प्रत्येक बर्ष यस्ता कार्यक्रमको आयोजना हुने गरेको वडाध्यक्ष राईले बताउनु भयो । पथरी जेसीजको आयोजनामा सम्पन्न कार्यक्रम ससस्त्र प्रहरी निरिक्षक रवि खकुरेल र हेल्पिङ हेण्ड नेपालका अध्यक्ष बहादुर चौधरी दुर्व्यसनीबाट हुने हानिका बारेमा परामर्श दिनु भएको थियो ।

















