फोनिजको राष्ट्रिय भेला सुरु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

फोनिजको राष्ट्रिय भेला सुरु


साइनो समचारदाता

कास्की । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को राष्ट्रिय भेला मंगलबारदेखि कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका १ घाचोकमा सुरु भएको छ ।

भेलामा सहभागी हुन फोनिजका संघीय कार्यसमिति अध्यक्ष डण्ड गुरुङ्गको नेतृत्वमा निवर्तमान पदाधिकारी, सातै प्रदेशका प्रदेश इन्चार्जहरु, जिल्ला अध्यक्षहरु, सल्लाहकारहरु, पार्षद्हरु र फोनिजबाट प्रतिनिधित्व गरेका नेपाल पत्रकार महासंघका पदाधिकारीहरुको सहभागिता रहेको छ । कार्यक्रम स्थल पोखराबाट ३५ किलो मिटर दुरीमा पर्दछ ।
सहभागी पत्रकार टोलीलाई फोनिज कास्की शाखाको विशेष व्यावस्थापनमा माछापुछ्रे गाउँपालिका १ मा रहेको कृषि पर्यटन सिकाई केन्द्र स्थापना तथा होमस्टे कार्यक्रमका पदाधिकारी एवं सदस्यहरुले भव्य स्वागत गरेका थिए ।
राष्ट्रिय भेला २ दिनसम्म संचालन हुनेछ । भेलामा नेपाल पत्रकार हासंघको विधानलाई समावेशी वनाउने विषयमा विशेष छलफल हुने फोनिजका संघिय अध्यक्ष डण्ड गुरुङ्गले वताए । भेलामा देशभरका २ सय ५० आदिवासी जनजाति पत्रकार महासंघका पदाधिकारी, सदस्यहरु, जिल्ला अध्यक्ष, पार्षदहरुको सहभागिता रहेको अध्यक्ष गुरुङ्गले वताए । भेलामा ‘प्रदेश महाधिवेशन संचालन निर्देसिका–०७५’ को विषयमा विशेष रुपमा छलफल हुने सचिव मिलन लिम्वुले वताए ।

सम्बन्धित खवर