पथरी नगरपालिकाको आपत्ति - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

पथरी नगरपालिकाको आपत्ति


साइनो समचारदाता
पथरी । कार्यपालिका बैठकमा छलफल भएर टुंगिएको विषयलाई उचालेर केही सञ्चार माध्यममा आफूप्रति लाञ्छना लगाउने समाचार सम्प्रेषण भएको भन्दै मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले आपत्ति जनाइन् ।
४ नम्वर वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले सो वडाको कोशेली चोकको योजना सदस्यहरुसँग सल्लाह नगरी सारेर काम थालेको विषयमा न्यायिक समितिमा उजुरी परेपछि छलफल भएको थियो । सोही वडाका सदस्य अम्वरबहादुर बराइली, तुलसादेव दर्जी दिलु मगरले न्यायिक समितिमा उजुरी गरेपछि सो विषयमा माघ १५ गते भएको छलफलमा सदस्यहरुसँगको सल्लाहविना योजना अन्यत्र सारिएको पुष्टि भएको थियो । “कोशेली चोक पश्चिम पैनीबाट होक्सेलीको घरपूर्व ड्रेन निर्माण तथा साघुँरो पैनी कल्भर्टमा ह्युमपाइप” शिर्षकको योजनालाई उल्टै वडाध्यक्षले उपभोक्ताहरुलाई उचालेर विवादित बनाउन प्रयास भएको जनाइएको छ । सो विषयलाई लिएर सोही दिनको कार्यपालिका वैठकमा समेत वडाध्यक्ष भण्डारीले अभद्र व्यवहार प्रस्तुत गर्दै आफु विरुद्ध लगातार लाञ्छना लगाएको र सोही प्रकारको अनर्गल समाचार सम्प्रेषण भएपछि आपत्ति जनाउनु परेको उपप्रमुख वास्तोलाले बताइन् ।उनले कार्यपालिका बैठक र त्यसपछिको छलफलमा अन्यत्र सारिएको योजना भएपनि सम्पन्न भएको कामको रकम निकासा नरोकिने भन्दै तत्काल निकासाको प्रक्रिया अघि बढाइएको प्रष्ट्याइन् । उजुरी परेकाले त्यसबारे बुझ्न ३ दिनको समय पर्खिनु परेको अवस्थालाई जनताको काममा बाधा पुर्याएको भन्दै आफु विरुद्ध मिडियावाजी भएकोमा आपत्ति जनाएको उनीको भनाई छ । साथै उनले क्याम्पस प्रशासनको सिफारिसमा दिइने भनी कार्यपालिका वैठकमै निर्णय भएअनुसार पथरी क्याम्पसका ११ छात्रालाई वितरण गरिएको साइकलको विषयलाई समेत उपप्रमुखको मनोमानीका रुपमा जोडिएकोप्रति पनि आपत्ति प्रकट गरिन् ।

सम्बन्धित खवर