उपासना र कुन्दनको मुख्य भूमिका रहने ‘भिडियोटेप’ घोषणा, ४ करोड बजेटमा बन्ने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, मङि्सर ०५, २०८३

उपासना र कुन्दनको मुख्य भूमिका रहने ‘भिडियोटेप’ घोषणा, ४ करोड बजेटमा बन्ने

काठमाडौं । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्म ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ । ललितपुरस्थित लाबिम मलमा आयोजित पत्रकार सम्मेलनमार्फत ओविद उद्दिनको निर्देशनमा बन्न लागेको फिल्म घोषणा गरिएको हो ।

हरर जनरामा निर्माण हुने फिल्मको छायांकन भदौ ५ गतेदेखि उपल्लो मुस्ताङमा सुरु हुनेछ । ३० दिनसम्म फिल्मको छायांकन गरिने निर्माण पक्षले जनाएको छ ।

फिल्ममा उपासना सिंह ठकुरी र नव–नायक कुन्दन मान शाक्य मुख्य भूमिकामा रहनेछन् । यस्तै अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाईं, सिद्धार्थ सिंहलगायत कलाकारको पनि अभिनय रहनेछ ।

फिल्ममा वशिष्ट प्रधानको डीओपी तथा ईश्वर घिमिरेको प्रोडक्सन म्यानेजरको जिम्मेवारी रहनेछ । महेश बराल मुख्य सहायक निर्देशकका रूपमा रहनेछन् ।

निर्देशक ओविदले आफू सानैदेखि हरर जनराका फिल्म हेरेर हुर्किएको भन्दै डेब्यू फिल्ममा पनि यही जनरालाई रोजेको बताए ।

“म सानैदेखि हरर जनराका फिल्म हेरेर हुर्किएको हुँ । यसैले आफ्नो डेब्यू फिल्ममा पनि यही जनरालाई अगाडि बढाएको छु,” उनले भने, “यो कथा काल्पनिक विषयमा आधारित छ । कुनै पनि वास्तविक घटनासँग मिल्दैन ।”

नायिका उपासना सिंह ठकुरीले फिल्मको विषयमा एक वर्षअघिदेखि नै कुराकानी भइरहेको बताइन् । उनले कथावस्तु राम्रो लागेकाले फिल्ममा काम गर्न आफू उत्साहित रहेको बताइन् ।

“एक वर्ष अगाडिदेखि नै यो फिल्मको विषयमा कुराकानी भइरहेको थियो । कथावस्तु निकै नै राम्रो छ । अब हामी फिल्मको छायांकनमा जाँदैछौं । एकदमै उत्साहित छु,” उनले भनिन् ।

नव–नायक कुन्दनले पनि फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको बताए ।

फिल्मलाई करिब ४ करोड रुपैयाँको बजेटमा निर्माण गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै एप्पल इन्टरटेन्मेन्टका प्रमुख नकिम उद्दिनले नयाँ टिमलाई साथ दिन सबैसँग आग्रह गरे ।

सम्बन्धित खवर