गोपाल काफ्ले/ पथरी, १८ साउन
मोरङको पथरी शनिश्चरे नगरपालिमा ३० भन्दा बढि हिन्दु धर्म गुरुहरुद्वारा रुद्राभिषेक भएको छ । बैदिक सनातन धर्म संरक्षण समितिले सबै धर्मको रक्षा गर्ने उदेश्यका साथ हिंसाको बाटो नरोज्न सबै नेपाली दाजु भाईमा आवहान गरेको छ ।

साउनको सोमवार पथरी शनिश्चरे १ मा रहेको नर्वदेश्वर शिवालय मन्दिरमा भएको रुद्राभिषेक मन्त्र र स्वस्तिबाचनले मन्दिर परिशर गुञ्जयमान बनेको छ । पथरी शनिश्चरे नगरभा भएको पहिलो रुद्राभिषेक कार्यक्रममा केन्द्रिय सदस्य मोहन अधिकारीको उपस्थि रहेको थियो ।
नेपाली दाजुभाईमा भाईचारा कायम राख्न र धर्म धर्मका नाममा द्वन्द्व हिंसा अन्त्यको कामना शहित रुद्राभिषेक गरिएको बैदिक सनातन धर्म संरक्षण समितिका जिल्ला अध्यक्ष केवल कृष्ण अधिकारीले बताउनु भयो ।
२०७५ सालमा स्थापना भएको समिति मार्फत विभिन्न समयमा सनातन धर्मगुरुहरु भित्र आएको संकटमा सहयोग गर्दै र विभिन्न शिविरहरु संचालन गर्दै आएको छ । समिति मार्फत धार्मिक निति नियम, कर्म काण्ड लगायत गुरुकुलहरुमा रहेका शृष्यहरुलाई मुठ्ठिदान जस्ता कार्य गर्दै आएको बैदिक सनातन धर्म संरक्षण समितिका नगर अध्यक्ष दिपक भट्टराईले जानकारी दिनु भयो।

















