पथरी शनिश्चरे वडा नं. १० मा राजस्व शुल्कमा कार्यलय सहयोगीको ब्रमलुट - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, मङि्सर ०५, २०८३

पथरी शनिश्चरे वडा नं. १० मा राजस्व शुल्कमा कार्यलय सहयोगीको ब्रमलुट

गोपाल काफ्ले/ ११ साउन

मोरङ पथरी शनिश्चरे १० मा सिफारिस बापत संकलन गरेको शुल्क कार्यलय सहयोगी रिना थापाले हिनामिना गरेको पाईएको छ । जनताले विश्वासले बुझाएको रकम कर्मचारीले नै गायब गरे पछि कर्मचारी र सरकारी कार्यलय प्रतिको विश्वास घट्न थालेको छ । साइनोखवरले यस विषयमा रिपोर्टिङ गर्दा वडाबाट राजस्व काट्ने जिम्मा पाएकी थापाले सेवाग्राहीलाई सिफारिस, प्रमाण पत्र दिने तर त्यसबात तिरेको रकम आफै लाने गरेको प्रमाण बाहिरिएको हो ।

अब जनताले कस्लाई र कस्को विश्वाश गर्ने ? जब सरकारी कार्यलय र कर्मचारीले नै राज्य विरुद्ध राजस्व ठगिमा लागे पछि । कागज पत्र हातमा सेवाग्राहीको हातमा दिने राजस्वको रकम लिने र सर्वर डाउन छ भन्दै रसिद नदिए पछि सेवा ग्राहीले पर्खिएर नबसेका कारण पनि कर्मचारीले राज्य ठग्ने मनोबल बढ्दै गएको हो । तर यो प्रकृयामा राजस्वकी कर्मचारीको मात्र हात छैन्न । सरिद नहेरि सहि ठोक्ने वडाध्यक्ष र कार्यलय सहयोगीलाई राजस्व काट्न दिने राजस्व शाखा प्रमुख पनि दोसि हुन ।

कार्यलय सहयोगिका रुपमा नियुक्ति भएकी थापालाई २०८२ माघ २९ गते वडाध्यक्ष जिवन खतिवडा र सचिव ललिता लिम्बुले राजस्वको OTP कोड प्रयोग गर्ने पाउने गरि सिस्टम बनाई दिन पथरी शनिश्चरे नगरपालिका राजस्व शाखालाई पत्र लेखेको पाईन्छ । जुन कार्य नियम विपरित हो । सचिवको जिम्मेवारी कार्यलय सहयोगीलाई दिनु नै गलत हो भने कुनै पनि राजस्व बापत उठेको रकम आफु संग वा कार्यलयमा राख्नु पनि गलत हो । तर पथरी शनिशचरे नगरमा राजस्व उठेको पैसा एक हप्ता सम्म नबुझाएको प्रमाणहरु छन ।

सेवाग्राहीलाई सर्वर चलेन भन्दै रसिद नदिने राजस्वको रकम वडा नं. १० का कर्मचारीले झ्वाम पारेको हो । उक्त शुल्क बापतको रकम सेवाग्राहीले कर्मचारीको विश्वासमा बुझाउने गर्दछन । नेपाल सरकारको खातामा जम्मा हुने राजस्व कार्यलय सहयोगि थापाले अपचलन गरेको देखिएको छ । थापाले नेपाल सरकारलाई छल्दै राजस्व शुल्क गायब गरेको भेटिएको हो । सेवाग्राहीले बुझाएको रकम र विवरणलाई नगरपालिकाको पंञ्जिका शाखा र राजस्व शाखामा बुझ्दा रकम र कागज ठुलो कैफियत भएको भेटिएको छ । साइनोखवरले राजस्व शाखामा सेवाग्राहीले बुझाएको राजस्व जाँचबुझ गर्दा नभेटिए पछि राजस्व शाखा प्रमुख तारा ढकालले यो सरासर राजस्व रसिद काट्ने जिम्मा पाएका कर्मचारीको फटाई रहेका बताउदै थप प्रतिकृया दिन चाहेन्न । बताए । उनले यस विषयमा थप कुनै प्रकृया दिन चाहेन्न ।

वडा नं. १० ले २०८१ साल देखि उठाएको राजस्व सरकारलाई छल्दै कर्मचारी रिना थापाले गायब गरेको सेवाग्राही बताउछन । यता कर्मचारी थापा संग बुझ्दा आफुले नियत राखि यस्तो काम नगरेको तर कहिलेकाही भुल बस एक दुई त्यस्तो हुन सक्ने बताईन । थापाले साइनोखवर संग कुरा गर्दै राज्यले संचालनमा ल्याएको सुत्र भन्ने सफ्टवेयरले काम नगरेकाले धेरै ट्रुटि भएको बताईन । तर आफु कार्यलय सहयोगी भएको भए पनि वडाले राजस्वमा राखे पछि  उक्त काम गर्दै आएको बताईन । ८१ साल देखिको कैफियत भेटे पछि उनि अक्कन बक्क भएकी छिन । यता वडाध्यक्ष जिबन खतिवडाले भने कर्मचारीको अभावमा काम जिम्मा लगाएको बताएका छन । वडा संग जेन् जि आन्दोलनका कारण सबै डकुमेन्ट जलेर नष्ट भएको बताउदै सेवाग्राही संग बुझि कैफियत भए आवश्यक छानविन गरि कार्वाही हुने बताए ।

कर्मचारीले कानुन मिचेर राजस्व छल्न पाईदैन अब कानुनी पाटोले जे भन्छ त्यहि हुने नगर प्रमुख मोहन तुम्बापोले बताए । उत्त आर्थिक कारोवारमा कर्मचारीको विश्वाशमा जिम्मा लगाएको कारण जनप्रतिनिधीको यस्मा कुनै पनि हात नहुने प्रमुखको भनाई छ । सेवाग्राहीले झुटो आरोप लगाएको पनि हुन सक्ने वा वडामा राजस्व काट्ने कर्मचारीले राज्यलाई ठगेको हो छानविन पछि थाहाँ हुने तुम्बापोले बताए । तर यस्का लागि पैसा बुझाएर रसिद नपाएका सेवाग्राहीले उजुरी दिए पछि छलफल हुने र पत्ता लाग्ने नगर प्रमुखले बताउनु भयो ।

२०८२ जेठ ३० मा नाता प्रमाणित निकालेकी तारा कार्कीले १ हजार १० तिरे पनि राजस्वमा ५ सय मात्र कायमा रहेको विवरण छ । सोहि दिन जन्म दर्ता गरेकी सान्वि भट्टराईले ५१०, बरुण भण्डारीले नाता प्रमाणित गरि १०१० र विवस खत्रिले  नाता प्रमाणित बापत १०१० तिरे पनि उक्त रकम नेपाल सरकारको राजस्वमा दाखिला देखिएको छैन । २०८१ पुस १६ मा मोहन बहादुर कार्की नाता प्रमाणित गर्दा तिरेको १ हजार दश देखि २०८३ साउन ६ मा जन्म दर्ता गरेकी नायरा अधिकारीले तिरेको २ सय सम्म राजस्वमा भेटिएन ।

केहि समय अगाडी बालकृष्ण नेपालले बिबाह दर्ता र जन्म दर्ता बापत बुझाएको  २१० + २१० रकमको राजस्व नै भेटिएन तर नेपालले दुबै कागज पत्र भने वडा कार्यलयबाटै लगिसकेका छन । सेवाग्राहीले सिफारिस बापत थापालाई बुझाएको शुल्क रसिद नदिने र उक्त शुल्क आफै लाने गरेको देखिन्छ । थापालाई पहिलो निर्वाचन पछि वडा नं. १० ले कार्यलय सहयोगिमा करारमा राखेको कर्मचारी हुन ।

सम्बन्धित खवर