साइनोखवर/ पथरी, ८ साउन
स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश स्वास्थ्य निर्देशनालयबाट पथ शनिश्चरे नगरपालिकाको नगर अस्पताललाई २ थान रगत परिक्षण मेसिन प्राप्त भयो छ । नगरबाट प्रदान गरिने ल्याव सेवालाई थप प्रभावकारी बनाउन उक्त मेसिन थप गरिएको कोशी प्रदेशका स्वास्थ्यन्त्री मानबहादुर लिम्बुले बताउनु भयो ।

मन्त्रलयले Automatic Hematology Analyzer र Fully Auto- Biochemistry Analyzer १/१ थान उपलब्ध गराएको हो । हाल अस्पतालमा १/१ थान मात्र भएकोले कहिली काहीँ बिग्रिएको समयमा समस्या हुने गर्थ्यो अब मन्त्रालयले उपलब्ध गराएका यी मेसिनहरु आएपछी ल्याब सेवा थप बिस्तार हुने अस्पतालका सुचना अधिकारी राजन कार्कीले जानकारी दिनु भयो ।
उक्त ल्यावबाट गुणस्तरमा वृद्धि हुने र रिपोर्टहरु चाडो दिन सकिने व्यवस्था रहेको अस्पताल प्रसासन प्रमुख याम खड्काले जानकारी दिनु भयो । अस्पतालको ल्याब साघुरो स्थानमा भएकोले उत्त मेसिनबाट भने सेवा दिन केही समय लाग्ने खड्काले जानकारी दिनु भयो । नयाँ भबन सन्चालन संगै नयाँ मेसिनको सेवा सुरु हुने छ ।
















