विनायक पाठक/ पथरी, १५ जेठ
भोलि जेष्ठ १६ गते शनिवारका हुने “ प्रथम मेयर कप जिल्ला स्तरिय खुल्ला कराते प्रतियोगिता र “मोरङ जिल्ला स्तरिय १६ औं राष्ट्रपति रनिड्ग शिल्ड प्रतियोगिता” को अन्तिम तयारी पुरा भएको छ । शनिवार बिहान ८:३० बजे देखि शुरु हुने प्रतियोगिताको मुख्य सहयोग पथरी शनिश्चरे नगरपालिका रहेको छ । प्रतियोगिता पथरी शनिश्चरे २ स्थित शीन भिलेज पार्टि प्यालेसमा हुने प्रतियोगितामा बिराटनगर, रंगेली, सुन्दरहरैचा, लेटाङ, बेलबारी, मिक्कलाजुङ, रतुवामाई, उर्लाबारी र पथरी शनिश्चरेका तिन सय खेलाडीको सहभागिता रहने छ ।

मोरङ जिल्ला सितोरियो कराते संघको प्राबिधिक सहयोग एकै साथ दुई प्रतियोगिता हुने भएको हो । पथरी कराते एकेडेमिको आयोजनामा “प्रथम मेयर कप जिल्ला स्तरिय खुल्ला कराते प्रतियोगिता” र “मोरङ जिल्ला स्तरिय १६ औं राष्ट्रपति रनिड्ग शिल्ड प्रतियोगिता” को कराते खेल तर्फका खेलाडी प्रदेश छनौंट हुने मोरङ जिल्ला सितोरियो कराते संघका अध्यक्ष चन्द्र पराजुलीले जानकारी दिनु भयो ।

मेयर कप जिल्ला स्तरिय कराते प्रतियोगितामा बिराटनगर , रंगेली,सुन्दरहरैचा, लेटाड्, बेलबारी, मिक्कलाजुड्, रतुवामाई, उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाको सहभागीता रहने छ । नियमित कराते प्रशिक्षण गरिरहेका २१ वटा कराते डोजो, एकेडेमि, क्लब र विद्यलयका खेलाडीहरुले आ आफ्नो तौल समुहमा प्रतिस्पर्धा गर्ने छन् । कराते खेलतर्फ २० केजि तौल समुह देखि ६८+ के.जि. तौल समुहका पुरुष र महिला गरि ३०० जना खेलाडीहरुले आ आफ्नो बजन समुहमा प्रतिस्पर्धा गर्ने पथरी कराते एकेडेमिका संयोजक श्री सुरेन्द्र तुम्वापोले जानकारी दिनु भयो ।
“मोरङ जिल्ला स्तरिय १६ औं राष्ट्रपति रनिड्ग शिल्डबाट छनोट भएका खेलाडीले जेठ १७/१८ मा सुनसरीको ईटहरीमा हुने प्रदेश छनोट प्रतियोगितामा भाग लिने छन । मोरङ जिल्लाका १० वटा पालिकाबाट आ आफ्नो तौल समुहमा छनौंट भएका खेलाडीले प्रदेश छनोटमा प्रतिस्पर्धा गर्ने छन् ।

















