कानेपोखरीको शैक्षिक गौरवः SEE मा पर्ल एकेडेमीका दिपक बने पालिका प्रथम - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

कानेपोखरीको शैक्षिक गौरवः SEE मा पर्ल एकेडेमीका दिपक बने पालिका प्रथम

विनायक पाठक/ पथरी, १३ जेठ
माध्यमिक शिक्षा परीक्षा (SEE) शैक्षिक सत्र २०८२ को नतिजा सार्वजनिक भएसँगै मोरङको कानेपोखरी गाउँपालिका यतिबेला शैक्षिक चर्चाको केन्द्रमा छ । विगत देखिको विरासत कायम राख्दै पर्ल एकेडेमी नगर प्रथम हुन सफल भएको छ । गाउँपालिकाको शिक्षा शाखा, भौँसाबारीले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कअनुसार यस वर्ष कानेपोखरी गाउँपालिकाभरिबाट सामुदायिक र संस्थागत गरी कुल १४ वटा माध्यमिक विद्यालयहरू परीक्षामा सहभागी भएका थिए ।

गाउँपालिकाभरिबाट परीक्षामा सम्मिलित कुल ५ सय ६९ जना विद्यार्थीहरूमध्ये ३ सय ७९ जना अर्थात् ६६ दशमलव ६१ प्रतिशत विद्यार्थीहरूले मात्र ग्रेड प्राप्त गरी सफलता हासिल गरेका छन् । यो औसत नतिजाको बीचमा केही विद्यालय र विद्यार्थीहरूले भने निकै उत्कृष्ट र लोभलाग्दो प्रदर्शन गरेका छन् ।

यही समग्र नतिजाको शीर्ष स्थानमा नाम चम्काउन सफल भएका छन्— कानेपोखरी वडा नं. ६ मा अवस्थित पर्ल एकेडेमी इङ्लिस स्कुलका जेहेन्दार छात्र दिपक श्रेष्ठ । दिपकले गाउँपालिकाभरिकै ५ सय ६९ जना विद्यार्थीहरूलाई पछि पार्दै ३ दशमलव ९ शून्य GPA साथ “पालिका प्रथम“ (Top Student) हुने ऐतिहासिक गौरव प्राप्त गरेका छन् ।

विशेष र लोभलाग्दो कुरा त के छ भने ३.९० न्एब् ल्याएर पालिकाकै सान बनेका दिपकले यसै विद्यालयमा विगत लामो समयदेखि अर्थात् कक्षा २ देखि नै आफ्नो शैक्षिक यात्रा सुरु गरेका थिए । उनको यो जग र निरन्तरको मिहिनेतले नै आज विद्यालय र सिङ्गो गाउँपालिकाको शिर उच्च बनाएको छ । गाउँपालिकाको विवरण अनुसार पर्ल एकेडेमीबाट यस वर्ष कुल ३६ जना विद्यार्थीहरू परीक्षामा सामेल भएका थिए, जसमध्ये ३२ जना अर्थात् ८८ दशमलव ८९ प्रतिशत विद्यार्थीहरू उत्कृष्ट ग्रेडका साथ उत्तीर्ण हुन सफल भए ।

पालिका प्रथम हुनु भनेको शिक्षकहरूको मिहिनेत र विद्यार्थीको लगावको प्रतिफल रहेको प्रिन्सिपल फणीन्द्र अधिकारी बताउनु हुन्छ । यो सफलता विगत देखिनै कायम रहेको प्रिन्सिपल अधिकारीले बताउनु भयो । उहँ भन्नु हुन्छ “हाम्रो विद्यालयमा हाल ४०० विद्यार्थी र ३० जना दक्ष शिक्षक–कर्मचारी रहेको पर्ल एकेडेमी । हामीले शैक्षिक नतिजा मात्र होइन, विद्यार्थीको सर्वाङ्गीण विकासमा ध्यान दिएका छौँ ।

पर्ल एकेडेमीको यो सफलता कुनै संयोग मात्र होइन, यसको पछाडि २०५२ सालदेखिको एउटा बलियो र गौरवमय इतिहास जोडिएको छ । विद्यालयले पहिलोपटक २०६६ सालको तत्कालीन एसएलसी परीक्षा दिँदा २९ जना विद्यार्थी सहभागी भएकामा २ जनाले विशिष्ट श्रेणी (म्ष्कतष्लअतष्यल) र १० जनाले प्रथम श्रेणी ल्याएर आफ्नो बलियो उपस्थिति जनाएको थियो । त्यस्तै २०६९ सालको एसएलसीमा पनि ६ जनाले डिस्टिन्सन ल्याएका थिए भने विगतका धेरै वर्षहरूमा विद्यालयले शतप्रतिशत नतिजा समेत निकाल्न सफल भइसकेको छ ।

महेन्द्र राजमार्गको कानेपोखरी बजारबाट करिब ६ किलोमिटर दक्षिणको सुन्दर र एकान्त स्थानमा विद्यालय अवस्थित छ । विद्यालयको आफ्नै स्वामित्वमा रहेको ६ कट्ठा जमिनमा पूर्वाधार निर्माण गरिएको छ । कानेपोखरी आसपाससहित हरकपुर र दलेली जस्ता टाढा–टाढाका क्षेत्रबाट विद्यार्थीहरूलाई सहज आवतजावतका लागि विद्यालयले २ वटा बस र २ वटा भ्यानको व्यवस्था समेत गरेको छ । गुणस्तरलाई थप मजबुत बनाउन २०७७ सालदेखि व्यवस्थापन मूल विषय समूह लिएर कक्षा ११ को पठनपाठन समेत यहाँ सफलतापूर्वक सञ्चालन भइरहेको छ ।

”संस्थाले शिक्षकहरूको व्यावसायिक उन्नयनका लागि नियमित कार्यशाला र विद्यार्थीका लागि विभिन्न क्षमता अभिवृद्धि तालिमहरू दिँदै आएको कारण नगरमा आफ्नो छुट्टै पहचिान बनाउन सफल रहेको निर्देशक मनु गुरुङ बताउनु हुन्छ । विद्यालयमा खेलकुद र अतिरिक्त क्रियाकलापका विभिन्न कार्यक्रमहरू निरन्तर भइरहन्छन्, जसले गर्दा विद्यार्थीहरूले जिल्ला र राष्ट्रियस्तरका प्रतियोगिताहरूमा पदक र पुरस्कार पाइरहेका निर्देशक गुरुङ बताउनु हुन्छ ।’’

आज पर्ल एकेडेमीबाट पास–आउट भएका विद्यार्थीहरू देश–विदेशका प्रतिष्ठित अंगहरूमा नेतृत्वदायी भूमिकामा छन् । धुलिखेल अस्पतालमा पब्लिक हेल्थ अफिसरका रूपमा कार्यरत पूर्व विद्यार्थी मनिष राजवंशी र अन्तर्राष्ट्रिय क्षेत्रमा कार्यरत रिसर्च साइन्टिस्ट उज्ज्वल अधिकारी यसका ज्वलन्त उदाहरण हुन् । उनीहरू भन्छन्— पर्ल एकेडेमीको जग र अनुशासनले नै उनीहरूलाई यो स्थानसम्म पु¥याएको हो । खेलकुद क्षेत्रमा राष्ट्रियस्तरमा चम्किएका गंगा जमुना… जस्ता खेलाडी हुन् या देशका विभिन्न अस्पतालमा सेवारत दर्जनौँ नर्सहरू, सबै यही विद्यालयका उत्पादन हुन् ।

उत्कृष्ट शैक्षिक इतिहास, दक्ष जनशक्ति, लोभलाग्दो भौतिक पूर्वाधार र यस वर्षको एसइईमा गाउँपालिकाकै सर्वोत्कृष्ट नतिजाका साथ पर्ल एकेडेमी इङ्लिस स्कुलले कानेपोखरी क्षेत्रमा गुणस्तरीय शिक्षाको पर्यायवाचीको रूपमा आफूलाई पुनः प्रमाणित गरेको छ ।

सम्बन्धित खवर