डि कम कलेज होटल म्यानेजमेन्टमा विद्यार्थीहरुको पहिलो रोजाई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

डि कम कलेज होटल म्यानेजमेन्टमा विद्यार्थीहरुको पहिलो रोजाई

साइनो समाचारदाता / उर्लावारी, २८ बैशाख
पुर्वमा होटल म्यानेजमेन्ट तफबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल मोरङको उर्लाबारी–७ स्थित डि कम कलेज होटल म्यानेजमेन्टले कक्षा १२ को परिक्षा सकेका विद्यार्थीलाई विदाई गरेको छ । उर्लाबारीमा रहेर सिप संगै शिक्षा प्रदान गर्दै आएको कलेजले देश तथा विदेशमा अध्यायनका लागि जाने दक्ष विद्यार्थी उत्पादन गर्दै आएको छ । पछिल्लो समय ब्यावहारीक र शिप मुलक शिक्षा तर्फ विद्यार्थीको आकर्षणा बढ्दै गएको समयमा आजको आवश्यत्त डि इस्टर्न एमपायर कलेज अफ होटल म्यानेजमेन्टले विद्यार्थीको चाहाँना पुरा गर्दै आएको छ ।

उच्च शिक्षा अध्यायनका लागि विदेश जाने विद्यार्थी, टुरिजम सेक्टर, होटल लाईनमा विदेश जानेहरुका लागि डि कम होटल म्यानेजमेन्ट कलेज पुर्वमा पहिलो रोजाई बनेको छ । डि इस्टर्न एमपायर कलेज अफ होटल म्यानेजमेन्टले होटल म्यानेजमेन्टमा अध्यानरत कक्षा १२ का ६१ जना विद्यार्थीहरुलाई विशेष कार्यक्रमको आयोजना गरेर विदाई गरेको हो। विराटचोकस्थित नेपालिरिका होटलमा आयोजित यस कार्यक्रमले आगामी दिनमा उनीहरुको शैक्षिक र व्यावसायिक सफलताको मार्ग प्रशस्त गर्ने लक्ष्य राखेको थियो।

व्यवहारिक शिक्षामा कलेजको विशेष ध्यान
कलेजका संस्थापक साजन श्रेष्ठका अनुसार संस्थाले विद्यार्थीहरुलाई केवल सैद्धान्तिक ज्ञान नदिई व्यावहारिक कौशल विकासमा प्राथमिकता दिँदै आएको छ। पाठ्यक्रमको अन्तर्गत बेकरी, बारिस्ता, बारटेन्डिङ, फ्लावर डेकोरेशन र व्यक्तित्व विकास सम्बन्धी विशेषीकृत प्रशिक्षण प्रदान गरिन्छ। श्रेष्ठका अनुसार कलेजको मूल उद्देश्य विद्यार्थीहरुलाई दक्ष, आत्मविश्वासी र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउना है। यस क्षेत्रमा रोजगारका विविध विकल्प, विदेश भ्रमणको अवसर र सम्मानजनक आम्दानीको सम्भावना रहेको उनले उल्लेख गरे।

अभिभावक र विद्यार्थीको सकारात्मक प्रतिक्रिया
कार्यक्रममा सहभागी अभिभावकहरुले कलेजले शैक्षणिक उत्कृष्टताको साथै विद्यार्थीको समग्र व्यक्तित्व विकासमा समर्पित रहेको भन्दै प्रशंसा गरे। उनीहरुका अनुसार कलेज प्रशासन विद्यार्थीको भविष्य निर्माणमा गम्भीर दृष्टिकोण राखेको देखिन्छ।

विविध क्षेत्रमा करियरको सम्भावना
शैक्षिक निर्देशक सचिन लिम्बूले होटल म्यानेजमेन्ट अध्ययनपछि विद्यार्थीहरु होटल, रेष्टुरेन्ट, बैंक, विमान कम्पनी, ट्राभल एजेन्सी र पर्यटन क्षेत्रसहित विभिन्न उद्योगमा सफल करियर निर्माण गर्न सक्ने जानकारी दिए।

पुरस्कार वितरण र अन्य गतिविधि
कार्यक्रमको अन्तर्गत विभिन्न विषयमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरुलाई नगद पुरस्कारसहित सम्मानित गरिएको थियो। एलेक्स दाहालले सर्वोत्कृष्ट विद्यार्थीको सम्मान प्राप्त गरे। कलेज प्रशासनले जनाएको छ कि यहाँ अध्ययन गरेका विद्यार्थीहरुको देशदेशान्तरमा उच्च माग रहेको छ।

सम्बन्धित खवर