कक्षा ८ को नतिजा प्रकासन वाल्मिकी र एभरेष्टले ल्यायो 4GPA - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, मङि्सर ०३, २०८३

कक्षा ८ को नतिजा प्रकासन वाल्मिकी र एभरेष्टले ल्यायो 4GPA

साइनो समाचारदाता / पथरी, २७ चैत्र
मोरङ पथरी शनिश्चरे नगरपालिकाले लिएको कक्षा–८ को परिक्षामा फेरि पनि वाल्मीकि इ बोडिङ स्कुल र एभरेष्टले 4GPA ल्याउन सफल भएको छ । नगरले लिएको परिक्षामा वाल्मीकिका दुई र एभरेष्टका एक जना 4GPA ल्याउन सफल भएका हुन । नगरले लिएको कक्षा ८ को परिक्षामा १४८२ विद्यार्थी सहभागी भए पनि १२ सय ३२ विद्यार्थी पास भएका छन ।

4GPA ल्याउनेमा बाल्मिकीकी श्रेया कार्की, सुजित केदेम र एभरेष्टका सुलभ तिम्सिना रहेका छन । गत बर्ष पनि नगरले लिएको कक्षा ८ को परिक्षामा बाल्मिकीका ३ र एभरेष्टका एक छात्राले 4GPA ल्याउन सफल भएका थिए । आज पथरी शनिश्चरे नगरपालिका शिक्षा शाखाले परिक्षा सार्वजनीक गर्दै पुरक परिक्षा लिएर ग्रेड वृद्वी गर्ने बताएको छ । नगरले सार्वजनीक गरेको नतिजामा सामुदायीक विद्यालय कम्जोर देखिएको छ । पथरी शनिश्चरे वडा नं ८ को दुर्गा आधारभुत विद्यालय मात्र सतप्रतिसत नतिजा निकाल्न सफल रहेको छ । निजी तर्फ भने नगरका दश विद्यालयले सतप्रतिशत नतिजा निकाल्न सफल भएको छ ।

४२ निजी तथा सामुदायिक विद्यालय सहभागी भएको परिक्षामा २५० विद्यार्थी फेल भएका छन । उक्त परिक्षामा ११ विद्यालयले मात्र सतप्रतिसत नतिजा निकाल्न सफल भएका छन । सतप्रतिसत नतिजा निकाल्नेमा बालजागरण विद्या मन्दिर, दुर्गा आधारभुत विद्यालय पथरी शनिश्चरे ८, ग्रेटग्रेसइ. बोडिङ स्कुल, डनबक्स इ. बोडिङ स्कुल हसन्दह, कंचनजङ्गा इ बोडिङ स्कुल, के वि स्मारक इ बोडिङ स्कुल, किर्तिपुर एकेडेमी, पेगोडा मोडल इ बोडिङ स्कुल, न्यू पेगोडा इ बोडिङ स्कुल, सिद्धार्थ इ बोडिङ स्कुल, सुपर्व इ बोडिङ स्कुल रहेका छन ।

सम्बन्धित खवर