बेलबारी / ११ फागुन
श्री काली माध्यमिक विद्यालय, बेलबारी-९, डाँगिहाट मोरङले कक्षा-११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी ९ दिने उद्घोषण तथा भाषणकला सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न गरेको छ ।

शैक्षिक सिकाईका अलवा अरतिरिक्त कृर्याकलाप प्राथमिक्ता दिदै आएको विद्यालयले आन्तरिक स्रोत साधन जुटाई तालिम सम्पन्न गरेको छ । फागुन २७ देखि चैत ६ गते सम्म संचालित उद्घोषण तथा भाषणकला सम्बन्धि अभिमुखीकरण तालिम विद्यालयका ३८ विद्यार्थी सहभागी थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्री नगेन्द्र खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेलबारी नगरपालिका वार्ड नं. ९ का वडाध्यक्ष शालिग्राम बस्नेतले प्रमाण-पत्र वितरण गर्नु भएको छ । विद्यालयले आयोजना गरेको उद्घोषण तथा भाषणकला तालिम कार्यक्रममा शिक्षकद्वय सन्तोष थिङ लामा र तेजकुमार कार्कीले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रम संयोजक विद्यालयका प्रधानाध्यापक नारायण कोइरालाले स्वागत मन्तव्य राख्दै विद्यालयले नियमित रूपमा हुने पाठ्यक्रमीय अलवा अतिरिक्त क्रियाकलापहरु बार्षिकरुपमा गर्दै आएको बताउनु भयो । उक्त कार्यक्रममा विद्यालय प्रसासनले २०८२ को SEE तथा कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएको थियो ।
उद्घोषण तथा भाषणकला समापन तथा बधाई शुभकामना कार्यक्रममा विद्यार्थीहरुले साहित्यिक तथा साङ्गीतिक प्रस्तुति दिएका थियो।
















