साइनो समाचारदाता/ पथरी, २९ फागुन मोरङ पथरी शनिश्चरे नगरपालिकाले प्रत्येक बर्ष गर्दै आएको प्रतिभा पहिचान तथा पुरस्कृत कार्यक्रममा यो बर्ष पनि निरन्तर्ता दिएको छ । नगरले विद्यार्थीको प्रतिभालाई हौसला प्रादान गर्ने उदेश्यका साथ आजबाट तिन दिने कार्यक्रममा शुरु गरेको छ । ७ वटा विधामा हुने कार्यक्रममा नगरले विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गर्दै आएको छ ।

नगरले नगर भरिका निजी तथा सामुदायीक विद्यालयमा अध्यानरत विद्यार्थी विच एकल गायन, हिज्जे, हस्तकला, एकल नृत्य, चित्रकला, विज्ञान प्रदर्शनी का साथ शैशिक वर्ष २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने छ । नगर शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रम पञ्चायल माविमा संचालन हुदैछ । कार्यक्रममा नगर भरिका निजी तथा सामुदायीक विद्यालयको सहभागिता रहेको छ ।
आज पथरी शनिश्चरे १ स्थित पञ्चायत माविमा नगर प्रमुख मोहन प्रसाद तुम्बापोले कार्यक्रमको उद्घाटन गर्दै नगरले विद्यालय र विद्यार्थीको हौसला प्रदान गर्न कुनै कसर बाँकी नराख्ने बताउनु भयो । उत्त उद्घाटन कार्यक्रमको अवसमा नगरले सामुदायीक विद्यालयम अध्यानरत उत्कृष्ट छात्र छात्रालाई नगद सहित पुरस्कृत गरेको छ । नगरले नेपाल सरकारबाट लिईने परिक्षामा नगरका विद्यालयहरुबाट उत्कृष्ट नतिजा निकाल्न सफल विद्यालय र विद्यार्थीलाई समेत पुरस्कृत गरेको छ।

नगरपालिका भित्रका विद्यालयबाट कक्षा आठमा 4GPA ल्याएका वाल्मीकि मेमोरियल आवासीय माध्यमिक विद्यालयका ३ छात्रा र एभरेष्ट बोडिङ स्कुलकी एक छात्रालाई नगद सहित पुरस्कृत गरेको छ भने SLC मा 4GPA ल्याउन सफल बाल्मिकीका २ विद्यार्थी र स्नातक तहमा उत्कृष्ट नतिजा निकाल्ने रेडस्टारका २ विद्यार्थीलाई पुरस्कृत गरेको छ । उत्त विद्यार्थीहरुलाई जनही ५/५ हजारका दरले पुरस्कृत गरेको हो ।

















