गोपाल काफ्ले, पथरी/ २ फागुन , मोरङ–१ मा फागुन–२१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसको पक्षमा जनलहर बन्दै गएको छ।
जनताका आशा र भरोसा बनेका नेपाली कांग्रेसका उमेदवार खड्ग फागोले मतदाता संगको भेटघातलाई तिब्र बनाएका छन । नयाँ सोच र परिवर्तन सहितको कांग्रेसको अभियानमा लागेका फागोलाई हर्ष उल्लासका साथ मतदाताले स्वागत गरेका छन ।

शनिबार लेटाङ नगरपालिका वडा नम्बर २ र ३ मा आयोजित मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता देखियो। भुगोल बुझेको र नगरमा उत्कृष्ट कार्य गरि सकेका युवा उमेदवार पाएको भन्दै मतदाताले फागोलाए स्वागत गर्दै विजयको शुभकामना व्यक्त गरेका छन । पटक पटकको चुनावमा एउटै उमेदवार बन्दै आएको मोरङ १ मा कांग्रेसले फागोलाई पहिलो पटक प्रतिनिधि सभाको उमेद्वारी बनाएको छ । जेन्जीको भरोसा, आशा र अपेक्षाले भरिएको मोरङ–१ मा कांग्रेसका फागो अब्बल देखिएका छन ।

१७ जना उम्मेदवार प्रतिस्पर्धामा रहे पनि विकास, सुशासन र समावेशी समृद्धिको एजेण्डासहित अघि बढेका फागो प्रति मतदाताको आकर्षण बढ्दो छ।
फागोले मतदाता भेटघाट कार्यक्रममा पारदर्शिता, जवाफदेहिता र सुशासनलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै युवालाई रोजगारी, किसानलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने वाचा गरे।

मोरङ–१ मा फागोको उमेदवारीलले परिवर्तनको संकेत दिएको छ । दशकौ देखि पिछडिएको मोरङ १ ले फागुन–२१ मा हुने निर्वाचनमा फागोलाई विजयी गराई विकास र स्थायित्वको पक्षमा काम गर्दै क्षेत्रलाई समुन्नत बनाउने विश्वास लिएको स्थानीयले बताउने गरेका छन्।

















