साइनो समाचारदाता/ २१ माघ
विश्व क्यान्सर दिवसको अवसरमा नोबेल क्यान्सर अस्पतालद्वारा निरन्तर चिकित्सकीय शिक्षा (CME) कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
यस कार्यक्रममा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान; बी एन्ड सी अस्पताल, बिर्तामोड (पूर्वाञ्चल क्यान्सर अस्पताल); कोशी अस्पताल, विराटनगर तथा विराट मेडिकल कलेज टिचिङ अस्पतालका विशेषज्ञ चिकित्सकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममार्फत क्यान्सर उपचारका क्षेत्रमा प्राप्त अनुभव, अद्यावधिक ज्ञान तथा नवीन उपचार पद्धतिहरूको प्रभावकारी आदान–प्रदान गरिएको थियो।

















