साइनो समाचारदात/ विराटनगर, १० माघ नोबेल मेडिकल कलेज टिचिङ अस्पताल लि. ले प्याब्सन विराटनगर महानगरमा आबद्ध कर्मचारीलाई स्वास्थ्य सेवामा छुट दिने भएको छ । सामाजिक उत्तरदायित्व अन्तरगत नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले निजी क्षेत्रका शिक्षक शिक्षिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै छुट प्रदान गरेको हो ।

विभिन्न संघ–संस्थाहरु सँग सहकार्य गरी विशेष स्वास्थ्य सेवा तथा सहुलियत प्रदान गर्दै आएको नोबेल मेडिकल कलेज र प्याब्सनले बुधबार एक औपचारिक कार्यक्रम मार्फत सम्झौता गरेका छन । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका अस्पताल निर्देशक डा. अशोक कोइराला र प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ माघ ७ गतेबाट लागुहुने गरि सम्झौतापत्रमा हस्ताक्षर गरिएको छन्।
नोबेल मेडिकल कलेज टिचिङ अस्पताल लि कोशी प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको एक अग्रणी संस्था हो। यस संस्थाले चिकित्सा, नर्सिङ, डेन्टल लगायतका विभिन्न शैक्षिक तथा उपचारसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

माघ ७ गते विराटनगर महानगरपालिका भित्र सञ्चालित निजी विद्यालयमा आबद्ध संस्थापक, शिक्षक तथा कर्मचारीहरूको स्वास्थ्य उपचारलाई सहज, गुणस्तरीय र सहुलियतपूर्ण बनाउने उद्देश्यले सम्झौता गरेको प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ बताउनु भयो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले शिक्षा क्षेत्रबाट राज्यलाई पुर्याएको योग्दानको सम्मान स्वरुप नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले स्वास्थ्य सेवामा छुट प्रदान गरेको अस्पताल निर्देशक डा. अशोक कोइरालाले बताउनु भयो
सम्झौताअनुसार अब प्याब्सन विराटनगर सँग आबद्ध सदस्यहरू विद्यालयका संस्थापक, शिक्षक (कर्मचारीहरूले नोबेल अस्पतालमा उपचार गराउँदा ओपीडी दर्ता तथा चिकित्सक परामर्श सेवा पूर्ण रूपमा निःशुल्क प्राप्त गर्नेछन्। त्यसैगरी, अस्पतालका अन्य स्वास्थ्य सेवाहरूमा १५ प्रतिशत र दन्तरोगसम्बन्धी सेवाहरूमा २५ प्रतिशत छुट प्रदान गरिने व्यवस्था गरिएको छ। उक्त सुविधा प्राप्त गर्नका लागि प्याब्सनद्वारा जारी आधिकारिक परिचय पत्र वा सिफारिस पत्र अनिवार्य गरिएको छ ।
















