देशको डिजिटल मेरुदण्ड मजबुत बनाउँदै आएका केशव नेपाल - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

देशको डिजिटल मेरुदण्ड मजबुत बनाउँदै आएका केशव नेपाल

काठमाडौँ । नेपालको संचार तथा सूचना प्रविधि क्षेत्रमा केही व्यक्तिहरू यस्ता हुन्छन्, जो सरकार बदलिँदा बदलिँदैनन्, नीतिहरू फेरिँदा पनि अझ आवश्यक बन्दै जान्छन् । तीमध्ये एक नाम हो : केशव नेपाल ।

राजनीतिक दल, सत्ता समीकरण वा वैचारिक ध्रुवीकरणभन्दा माथि उभिएर देशको डिजिटल मेरुदण्ड मजबुत बनाउँदै आएका केशव नेपाल आज नेपालको संचार जगतका अपरिहार्य व्यक्तित्व हुन् । केशव नेपालको योगदान कुनै एक सरकार, नीति वा परियोजनामा सीमित छैन । उनको योगदान संरचना निर्माणमा, दूरदृष्टि विकासमा र भोलिको नेपाल तयार पार्नमा केन्द्रित छ । त्यसैले जुनसुकै पार्टीले सरकार बनाए पनि, नेपालको संचार क्षेत्रले उनलाई आवश्यक ठानिरहन्छ ।

सरकारी सेवामा आबद्ध परिवारमा जन्मिएका केशव नेपाल बाल्यकालदेखि नै अनुशासन, इमानदारी र जिम्मेवारीका संस्कारमा हुर्किए । सुरक्षित पारिवारिक पृष्ठभूमि हुँदाहुँदै पनि उनले सजिलो बाटो रोजेनन् । उनको विश्वास स्पष्ट थियो, देश परिवर्तन गर्न चाहनेले जोखिम लिनैपर्छ ।

पोखराको गण्डकी बोर्डिङ स्कुलमा अध्ययन गर्दा उनले गुणस्तरीय शिक्षा र कडा अनुशासनको महत्व बुझे । त्यसपछि बुटवल मल्टिपल क्याम्पसमा उच्च शिक्षा हासिल गर्दै उनले अध्ययनसँगै जीवनलाई बुझ्ने अभ्यास थाले । विद्यार्थी जीवनमै बस किनेर आफैँ रात्रि बस चलाउनु केवल आम्दानीको उपाय थिएन, त्यो नेपाल बुझ्ने विद्यालय थियो, जहाँ उनले आम नागरिकको दुःख, आवश्यकता र सम्भावनालाई नजिकबाट देखे ।

संचारप्रति मोह र प्रविधिप्रति प्रतिबद्धता

पत्रकारिताबाट सुरु भएको उनको संचार यात्राले उनलाई विचार निर्माण, सूचना प्रवाह र जनचासो बुझ्ने क्षमतामा निखार ल्यायो । अंग्रेजी पत्रिका सञ्चालनदेखि लिएर काठमाडौंका प्रतिष्ठित मिडियामा सम्पादक र प्रकाशकसम्मको यात्रा उनले गरे । तर उनको सपना कागजमा सीमित थिएन । उनको दृष्टि डिजिटल संचार तर्फ मोडिएको थियो ।

यही सोचका साथ उनी बुटवल फर्किए र नेपालमै पहिलो पटक फोन लाइनबिनै चल्ने वायरलेस इन्टरनेटको सम्भावना खोज्न थाले । पहाड, तराई, दुर्गम बस्ती—जहाँ गाडी पुग्दैन, त्यहाँ उनी आफैँ जीप चलाएर पुगे । यसै क्रममा उनले प्रमाणित गरे । नेपालमा प्रविधि सम्भव छ, चाहिने केवल प्रतिबद्धता हो ।

फाइबर प्रविधिको भविष्य पहिचान गर्दै केशव नेपालले एफटीटीएच (Fiber to the Home) मा आफ्नो समयको लगानी गरे । यही दृष्टिले जन्मियो— लुम्बिनी नेट । सस्तो, भरपर्दो र पहुँचयोग्य इन्टरनेटको अवधारणाले कम्पनीलाई तीव्र गतिमा अघि बढायो । पछि वर्ल्डलिंकसँगको एकीकरणपछि, उनले वर्ल्डलिंक कम्युनिकेसनको नेतृत्व सम्हाले ।

केशव नेपाललाई विशेष बनाउने पक्ष यही हो । उनी नीति कुरिरहेका छैनन्, नीति बन्नु अघि नै आवश्यकता पहिचान गर्छन् । जब “डिजिटल नेपाल” सरकारी दस्तावेजमा सीमित थियो, उनी कर्णाली, सुदूरपश्चिम र हिमाली जिल्लाका दुर्गम बस्तीमा पैदल हिँड्दै इन्टरनेटको सम्भावना खोजिरहेका थिए ।
हुम्ला, सिमकोट, बाजुरा, दार्चुला होस् वा खोटांग ताप्लेजुङ ।

यी नाम उनका लागि नक्साका बिन्दु होइनन्, प्रत्यक्ष अनुभव हुन् । यही कारण हो, जुनसुकै सरकारले डिजिटल नीति ल्याओस्, कार्यान्वयनका लागि केशव नेपालजस्ता व्यक्ति अपरिहार्य हुन्छन् ।

आफ्नो नेतृत्व क्षमतालाई विश्वस्तरमा परिष्कृत गर्न उनले ‘INSEAD’ बाट Executive MBA पूरा गरे । अन्तर्राष्ट्रिय सम्मेलनहरूमा नेपालको प्रतिनिधित्व गर्दै उनले नेपाललाई केवल उपभोक्ता होइन, सम्भावनायुक्त डिजिटल राष्ट्रको रूपमा प्रस्तुत गरे ।

नोकियाबाट प्राप्त “Business as Unusual” पुरस्कार उनको सोचको अन्तर्राष्ट्रिय मान्यताको प्रमाण हो । केशव नेपाल कुनै पार्टीका प्रवक्ता होइनन् । उनी कुनै विचारधाराका बन्दी होइनन् । उनी राष्ट्रको आवश्यकताका प्रतिनिधि हुन् । जब सरकार बदलिन्छ, मन्त्री बदलिन्छन्त । इन्टरनेट चाहिन्छ संचार चाहिन्छ  । जब नीति फेरिन्छ, प्राथमिकता फेरिन्छ, तरपनि  संचार चाहिन्छ । जब भविष्यको नेपाल कल्पना गरिन्छ, त्यहाँ डिजिटल मेरुदण्ड चाहिन्छ,र त्यो मेरुदण्ड निर्माणमा केशव नेपाल जस्ता दूरदृष्टा, अनुभवी र निष्पक्ष नेतृत्व सधैं आवश्यक रहन्छ ।

सम्बन्धित खवर