गोपाल काफ्ले पथरी, २५ पुष
लर्डबुद्व सहकारी संस्थाले आफ्नो स्थापना दिवशको अवसरमा १०४ प्रिन्ट रगत संकलन गरेको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा उर्लाबारीको प्राबिधिक सहयोगमा संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

मोरङको पथरी शनिश्चरे २ मा रहेको संस्थाले आफ्नो प्रत्येक स्थापना दिवशको आवसर पारेर रंक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । अस्पतालमा रगतको अभाव बढ्ने गरेको हुदा रगतको अभाव नहोस भन्ने उदेश्यका साथ लर्डबुद्व सहकारी संस्था रक्तदान कार्यक्रमको आयोजना गरेको ब्यावस्थापक गणेश बाच्छाना राईले बताउनु भयो । संस्थाले प्रत्येक बर्ष आफ्नो बार्षीक कार्यतालिकामा लगाई यस कार्य गर्ने गरेको राईले बताउनु भयो ।
संस्थाले प्रत्येक पुस २५ गते रक्तदान कार्यक्रम मार्फत रक्त अभाव हुन नदिन सहयोग गर्दै आएको ४० औ पटक रक्तदान गरेका रक्तदाता दिनेश पौडेलले बताए । रक्तदान कार्यक्रममा १०४ जनाले रगतदान गर्नु भएको हो ।
संस्थाले गरेको रक्तदान कार्यक्रममा पथरीका ५ वटा लायन्स क्लवहरुको सहकार्य रहेको थियो । रक्तदान कार्यक्रममा पथरी शनिश्चरेमा रहेका बिभिन्न संघ संस्थाको उल्लेखिय सहभागि रहेको लायन्स क्लव अफ पथरीका अध्यक्ष हेम चापागाईले बताउनु भयो । प्रत्येक बर्ष नेपाल रेडक्रस सोसाइटीको सहयोगमा एक सय प्रिन्ट भन्दा बढि रगत संकलन गर्ने गरेको छ ।
















