उर्लावारी, २५ पुस
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक तथा देशकै अग्रणी आइसिटी कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना कर्मचारीहरूलाई ट्राफिक नियम संबन्धी जनचेतना अभियान सुरु गरेको छ । वर्ल्डलिंकले कर्मचारीलाई सडक सुरक्षा र ट्राफिक नियमहरूको बारेमा शिक्षित गर्ने उद्देश्यले जनचेतना दिन कार्यक्रम सञ्चालन गरेको हो । यस कार्यक्रमको मुख्य लक्ष्य कर्मचारीहरूमा सुरक्षित सवारी संस्कार विकास गर्नु र कार्यस्थल तथा दैनिक जीवनमा ट्राफिक नियमको पालना सुनिश्चित गर्नु हो।

उर्लाबारी प्रहरी र उर्लाबारी ट्राफिक प्रहरीको प्राविधिक सहयोगमा उर्लाबारीबाट सुरु गरिएको कार्यक्रममा वर्ल्डलिंक कम्युनिकेसन्समा कार्यरत करिव ४० जना कर्मचारी सहित स्थानीयको सहभागिता रहेको थियो । यो अभियान कोसी प्रदेश भरिका वर्ल्डलिंक कम्युनिकेसन्सका कर्मचारीहरुलाई दक्षित गरि संचालन हुने वर्ल्डलिंक(कोशी प्रदेश का) क्षेत्रीय जनसम्पर्क प्रबन्धक राजन तिम्सिनाले जानकरी दिनु भयो ।
कार्यक्रमअन्तर्गत ट्राफिक नियमहरू, सडक संकेतहरू, हेल्मेट र सिट बेल्टको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने, गति नियन्त्रण तथा पैदलयात्रीको सुरक्षाजस्ता विषयहरूमा जानकारी प्रदान गरियो। साथै, सडक दुर्घटनाबाट हुने जोखिम र त्यसका असरहरूबारे व्यावहारिक उदाहरणमार्फत सचेत गराइएको थियो।
यस किसिमको जनचेतनामूलक कार्यक्रमले कर्मचारीहरूलाई मात्र नभई उनीहरूको परिवार र समाजसम्म सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले भविष्यमा पनि यस्ता सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त वर्ल्डलिंक(कोशी प्रदेश का) क्षेत्रीय जनसम्पर्क प्रबन्धक तिम्सिनाले जानकरी दिनु भएको छ।
















