गोपाल काफ्ले/पथरी, २२ पुस
तिन दिन सम्म पनि खुलेन पथरी – कानेपोखरी सडक । तिन दिन सम्म बैकल्पिक मार्ग तयार नभएका कारण यातायातहरु २५ किलोमिटर बाटो घुम्न बाध्य भएका छन भने यात्रु महङ्गो भाडा तिर्न बाध्य रहेका छन । जुन सुकै परिस्थिती आए पनि मुलत मुख्य राजमार्ग बन्द गर्न नपाइने भए पनि चाईना रेल्वो कन्ट्रक्सन कम्पोरेसनबाट कामको जिम्मा पाएको टुण्डी कन्ट्रक्सनले पथरी – कानेपोखरी सडक तिन दिन देखि बन्द गरेको छ ।

पुस बाध्य २० गते साँझ एसियन हाइवो निर्माणको क्रममा पुल सग पिच धस्सिए पछि पथरी – कानेपोखरी सडक बन्द भएको थियो । मोरङको पथरी शनिश्चरे १० स्थीत डाँस मोरङ्गी खोलाको पुलको किनारा संगै पिच धस्सिएपछि यातायात जाँते लेटाङ हुदै कानेपोखरीको २५ किलोमिटर बाटो घुम्नु परेको छ । पथरी – कानेपोखरी सडक अवरुद्ध भए पछि यात्रु मारमा परेका छन । बाटो अवरुद्ध भए पछि यात्रुहरुले महङ्गो भाडा तिर्नु हो । पथरी – कानेपोखरी खण्ड अवरुद्ध भए पछि एक यात्रु बापत ५० रुपयाँ भाडाँ बढि तिर्नु परेको हो । करिव आधा घण्टा बढि समय र डब्बल भाडा तिर्न यात्रुहरु बाध्य बनेका छन ।
तिन दिन बितिसक्दा पनि बैकल्पिक बाटो तयार हुन सकेको छैन । जाँते लेटाङ सडकमा ढाट राखि कर उठाउदै आएकाले समेत यात्रु र यातायात मारमा परेका छन । यस्तो अवस्थामा त्यसरी ढाट लगाएर कर उठाउन नहुने एसियन हाइवो सडकका आयोजना प्रमुख जगत प्रजापतिले बताउनु हुन्छ । काम गर्ने क्रममा यस्तो अवस्था आएको हो, भोली सम्ममा सम्पन्न हुने प्रजापतीले बताउनु भयो । बैकल्पिक बाटो बनाउने काम धमाधम भैरहेको र अवरूद्व भएको बाटोमा दुई पाङ्ग्रे यातायात सुचारु रहेको प्रजापतीले बताउनु भयो । भोली देखि चार पाङ्ग्रे सवरी साधन पनि सुचारु हुने उहाँको भनाई छ ।

पुर्व पश्चिम गर्ने सवारी साधन पथरी बजार र कानेपोखरी चोकबाट डाइभर्सन गरि लेटाङ र जाँते हुदै संचालनमा आएको छ । लामो दुरि घुम्नु परेको र बाटोमा कर तिर्नु परेकोले भाडाँ बढेको यातायात संचालक बताउछन । यता यात्रु भने आयोजना ठेक्केदार कम्पनिको लापरवाहीले अनाहकमा बढि भाडा तिर्नु परेको गुनासो गर्ने गरेका छन् ।
जोखिमका कारण थप क्षति नहोस भनि यातायात पुर्ण रुपले बनेद गरेको एशियन हाइवे सितापुरी – गोठगाउँ सडक खण्डका हेल्थ एण्ड सेफ्टी इन्चार्ज विपुल पोखरेलले जानकारी दिएका छन् । पुलको एरियामा दलदल र भाँसिने जमिन भएकोले अर्को वैकल्पिक बाटो निर्माण गर्न समस्या भएको पोख्रेलले बताए । पुल र सडक धसिए संगै इलाका प्रहरी कार्यालयले सर्वसाधारण तथा सवारी साधन धनी, चालकलाई सूचना गर्दै नयाँ रुट सञ्चालनमा सडकै खटि रहेको छ ।
झापाको सितापुरि देखि मोरङको गोठगाँउ सम्मको ४८ किलोमिटरको काम टुण्डी कन्ट्रक्सनले सवाँ नौ अर्वमा सम्पन्न गर्ने जिम्मा पाएको हो । एसिया महादेशका ३२ वटा राष्ट्रलाई जोड्ने गरि सुरु भएको एसियन हाईवो अन्तरगत पुर्व पश्चिम महेन्द्र राजमागर्गलाई स्तरउन्नतिको काम चाईना रेल्वो कन्ट्रक्सन कम्पोरेसन CRCC ले जिम्मा लिएको थियो । पुर्व मेचीको काकरभिट्टाबाट लौकही सम्मको १२० किलो मिटर काम तिन सडक खण्ड धमाधम भैई रहेको छ । तिन बर्षमा काम सम्पन्न गर्ने गरि चाईना रेल्वो कन्ट्रक्सन कम्पोरेसन ३५ अर्बमा पुल सहितको जिम्मा पाएको थियो ।
नेपाल सरकार (सडक विभाग / परियोजना कार्यालय) र एसियाली विकास बैंक (ADB) को वित्तीय सहयोगमा एसियन हाइवोको काम सम्पन्न गर्ने सम्झौता भएको हो । २०८० माघ १९ मा सुरु भएको आयोजना ३५ प्रतिसत काम सम्पन्न भएको आयोजना प्रमुख जगत प्रजापतिले बताउनु भयो । समयमै काम सम्पन्न हुने र ५ बर्षाको मर्मत समयमा सम्पुर्ण काम सम्पन्न हुने प्रजापतीले बताउनु भयो ।
















