गोपाल काफ्ले/ पथरी, २३ पुस
“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ आजबाट सुरु भएको तेस्रो पुष्पाञ्जली नकआउट फुटवल प्रतियोगिताको उद्घाटन खेलमा वि एम एकेडेमी बेलबारीले विजयी सुरुवात गरेको छ ।

लेटाङ फुटवल क्लवलाई १-२ गोल अन्तरले पराजित गर्दै वि एम एकेडेमी बेलबारीले सेमिफाईनलमा प्रबेश गरेको छ । वि एम एकेडेमी बेलबारीका लागि खेलको ३ मिनेटमा अशिम राईले गोल गर्दै अग्रता लिएका थिए । खेलमा एक पछि अर्को दवाब बनाएको वि एम एकेडेमी बेलबारीले खेलको २४ औं मिनेटमा युगेन राईले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफको अतिरिक्त समयमा लेटाङका लागि शुशिल राईले गोल गरे पनि खेलमा फर्कन सकेन । दोस्रो हाफमा कुनै पनि गोल हुन सकेन खेल वि एम एकेडेमी बेलबारीले २-१ गोल अन्तर लेटाङलाई पराजित गर्यो ।
खेलको म्यान अफ दि म्याच वि एम फुटवल एकेडेमि बेलबारीका योगेन राई घोषित हुदै नगद २ हजार प्राप्त गरे । आज बुधबारको दोस्रो क्वाटर खेल रतुवामाई नगरपालिका मोरङ र जुरी फुटवल क्लव सुनसरी बिच हुनेछ ।

पुस २२ बाट सुरु भएको प्रतियोगिता पुस २९ गते सम्म संचालन हुने छ । प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सृजना सामुदायीक बन समुहका अध्यक्ष देउमान सुब्बा गर्नु भएको थियो । प्रतियोगिताको मुख्य प्रायोजक मुस्ताङ वियरले रहेको छ भने प्रायोजक अर्जुन खड्का र सहगोगी संस्थामा बेलबारी नगरपालिका वडा नं. १०, सृजना सामुदायिक बन, सिंहदेवी सामुदायिक बन रहेको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार र उपविजेताले नगद ५१ हजारका साथ मेडल ट्रफि प्राप्त गर्ने छन । प्रतियोगितामा वि एम फुटवल क्लव बेलबारी, लेटाङ फुटवल क्लव मोरङ, पथरी ११, तालतलैया फुटवल क्लव सुनसरी, रतुवामाई नगरपालिका मोरङ, जुडि फुटवल क्लव सुनसरी, हिमालय स्पोट क्लव मिक्लाजुङ आयोजक पुष्पाञ्जली फुटवल क्लव सहित आठ टिमको सहभागिता रहेको छ ।

















