बाल्मिकी प्याब्सन प्रेसिडेन्ट कपको अन्तिम चारमा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

बाल्मिकी प्याब्सन प्रेसिडेन्ट कपको अन्तिम चारमा

गोपाल काफ्ले /पथरी, ४ पुस

बाल्मिकी, एभरेष्ट, न्यू पेगोडा र पेगोडा मोडल अन्डर १५ नगर स्तरीय प्याब्सन प्रेसिडेन्ट कप फुटवल प्रतियोगिताको अन्तिम चारमा प्रबेश गरेका छन् । आज भएको अन्तिम खेलमा बाल्मिकीले रेड स्टारलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । आजै भएको अन्य ३ खेलमा एभरेष्टले बालजागरण, न्यू प्यागोडाले भुपु सैनिक र प्यागोडा मोडलले अरुणद्वोय बोडिङलाई पराजित गर्दै सेमि फाईनलको यात्रा तय गरेको छ ।

भोलि हुने पहिलो सेमिफाईनल खेलमा न्यू पेगोडा  र पेगोडा मोडल विच हुने छ भने दोस्रो सेमिफाईनल खेल बाल्मिकी मेमोरियल र एभरेष्ट बोडिङका विच हुनेछ  । पहिलो र दोस्रो खेलका विजेताले भोलि नै उपाधिका लागि प्रतिस्पर्दा गर्ने छन् । प्रतियोतिताको विजेता विद्यालय जिल्ला प्याब्सन प्रेसिडेन्ट कपका लागि छनोट हुनेछ ।

प्याब्सनको कार्यतालिका अनुसार ग्रासरुटबाट फुटवल खेलाडी उत्पादन गर्ने उदेश्यका साथ संचालन भएको फुटवल प्रतियोगितामा पथरी शनिश्चरे नगर भित्रका १८ ओटा निजि विद्यालयहरुको सहभागिता रहेको छ । प्रतियोगिता निजी तथा आवसीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) पथरी शनिश्चरे नगर कमिटिको आयोजनामा पुस ३ देखि ५ गते सम्म संचालन भै रहेको छ । प्रतियोगिता पथरी शनिश्चरे १ जाँते मोड स्थित दिपेन्द्र स्मृती खेल मैदानमा संचालन भै रहेको छ ।

सम्बन्धित खवर