रमेश खड्का काशि/ पथरी , ३ पुस
विदेशमा रहेर पनि आफ्नो जन्मभूमि र समाजप्रति निरन्तर समर्पित व्यक्तित्वका रूपमा मोरङको पथरीशनिश्चरे निवासी रबिन दाहाल समाजसेवामा उदाहरणीय नाम बन्दै गएका छन्।
पथरी गाबिसका पूर्व उपाध्यक्ष पोम प्रसाद दाहालका सुपुत्र रबिन दाहाल सन् २०१५ देखि अमेरिका बसोबास गर्दै आइरहेका छन्। भौगोलिक दूरी टाढा भए पनि उनको मन सधैं नेपालको पूर्वी भूभाग, विशेषगरी मोरङ–पथरी क्षेत्रमै केन्द्रित देखिन्छ।

सहयोगी मनका धनि रबि सामाजिक सहयोगमा मात्र होइन सामाजिक सञ्जालमा पनि सक्रिय छन्। दाहाल दैनिक रूपमा पारिवारिक रिल्स तथा सकारात्मक सन्देशहरू फेसबुकमार्फत साझा गर्दै आएका छन्। सामाजिक सञ्जाललाई केवल मनोरञ्जनको माध्यम नभई समाज सेवा र प्रेरणाको प्लेटफर्मका रूपमा प्रयोग गर्नु उनको विशेषता हो।
अमेरिकाको क्यालिफोर्निया राज्यमा बसोबास गर्ने रबिन दाहालले खेलकुद प्रवर्द्धन, शैक्षिक विकास, धार्मिक तथा सांस्कृतिक संरक्षणमा निरन्तर सहयोग गर्दै आएका छन्। असहाय, गरिब र दुःखीहरूको पीडामा सकेसम्म साथ दिनुपर्छ भन्ने मान्यताले उनलाई समाजसेवामा अझ सक्रिय बनाएको छ।
अमेरिकाबाट गरिएको उल्लेखनीय आर्थिक सहयोग :
उनले हालसम्म अमेरिकाबाट विभिन्न सामाजिक, धार्मिक र शैक्षिक क्षेत्रमा उल्लेखनीय आर्थिक सहयोग गरेका छन्, जसको विवरण यसप्रकार छः
• मोरङ पथरीशनिश्चरे वडा नं. २ सुञ्झोडामा मलामी बस्ने सातघर निर्माणका लागि रु. १,५०,०००(एक लाख पचार हजार )
• किरातेश्वर शिव मन्दिर निर्माणका लागि रु. १७,११६ (सत्र हजार एक सय सोह्र
• पथरीशनिश्चरे वडा नं. २ स्थित सरस्वती आधारभूत विद्यालयको गेट निर्माणका लागि रु. १,००,०००(एक लाख)
• उर्लाबारी नगरपालिका–३ मगलबारे निवासी युवा विकु थापाको प्यान्क्रियाज ट्युमर उपचारका लागि रु. १०,०२० (दश हजार बिस )
• हाम्रो सेवा घर, काठमाडौं लाई आर्थिक सहयोग
• पथरीशनिश्चरे वडा नं. २ मा लक्ष्मी नारायण मन्दिर निर्माणका लागि रु. २,००,०००(दुइ लाख )
• पथरीशनिश्चरे वडा नं. ३ मा वृद्धाश्रम निर्माणका लागि रु. २५,०००(पच्चिस हजार )
• जेञ्जी आन्दोलनबाट क्षति पुगेको पथरीशनिश्चरे वडा नं. २ को वडा कार्यालय मर्मत (झ्याल–ढोका) का लागि रु. ३५,०००(पैतिस हजार)
• श्री जनता माध्यमिक विद्यालय, पथरीशनिश्चरे वडा नं. ३ मा विद्यार्थीहरूका लागि खेल सामग्री खरिद गर्न रु. १,५०,००० (एक लाख ५० हजार )
• राधा कृष्ण भजन मण्डली तथा समाज सुधार समिति, उर्लाबारी नगरपालिका–३ मगलबारेको सामुदायिक भवन निर्माणका लागि रु. २५,००० (पच्चिस हजार )
रबिन दाहालको यो निरन्तर समाजसेवाले विदेशमा रहेर पनि आफ्नो गाउँ–समाजको विकास सम्भव छ भन्ने सन्देश प्रवाह गरेको छ। उनका कार्यहरूले स्थानीय समुदाय मात्र होइन, विदेशमा रहेका अन्य नेपालीहरूलाई पनि सकारात्मक योगदानतर्फ प्रेरित गरिरहेको छ।
मातृभूमिप्रतिको यही माया, उत्तरदायित्व र सेवाभावले रबिन दाहाललाई आज मोरङ–पथरी क्षेत्रका लागि गर्व गर्न लायक समाजसेवी व्यक्तित्व बनाउदै लागिरहेको छ।
















