साइनो समाचारदाता, पथरी/ २८ मंसिर
ट्यालेन्ट सो का नाममा फेरि बालबालिका, अभिभावक र विद्यालय ठगिने भएका छन । समय समयमा आउने यस्ता नगर, जिल्ला स्तरिय ट्यालेन्ट सो प्रतियोगिताहरुले विद्यालय र विद्यर्थीबाट मुनाफा कमाउने भन्दा अरु केहि उपलब्धी देखिएको छैन । केहि अगाडीका प्रतियोगितालाई हेर्ने हो भने ति प्रतियोगिताका बालबालिका आज कहाँ छन् र के उपलब्धी भयो भन्ने प्रश्न उब्जिन्छ । केहि आयोजकले प्रतियोगितालाई प्रतिस्पर्दीको कला प्रदर्शन गर्ने मंच भन्दा पनी कमाई गरि खाने भाडो बनाएका छन ।

यस्ता कार्यमा विद्यालय समेत बाध्यतामा परि चुपचाप बसेको देखिन्छ । स्कुलमा आयोजक जाने र मसिना बालबालिकाको मानसपटलमा प्रतियोगिताका बारेमा धेरै भ्रामक सपना देखाउने गरेका छन । जस्का कारणले घरमा अभिभावक र बालबालीकको झगडा हुने गरेको पाईन्छ । बाहिरबाट आउने यस्ता ट्यालेन्ट सो कारणले विद्यालय समेत अभिभावकको नजरमा दोशी देखिएका छन । जति सपना देखाए पनि आयोजकले अन्त्यमा टिकट विकाउने, भोट गराउने र छोडि दिने गरेको पछिल्ला केहि प्रतियोगितामा देखिएको छ ।
मंसिर २७ गते मोरङको शनिवार पथरी शनिश्चरे २ स्थित होटल साल्पामा ट्रु भाइब इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रा. लिमिटेडले लिटिल मिस्टर एण्ड मिस टीन्स पथरी सिजन-२ भन्दै अडिसन लिएको छ । True Vibe Events & Management Pvt. Ltd कहाँको संस्था हो, यस्को दर्ता के छ ? आयोजकले बाढेको पत्रचारमा सम्पर्क अफिसको ठेगाना छैन, उदेश्य बेगर बालबालिकाको हातमा पत्राचार पठाएको छ । । यसले पथरी शनिश्चरे नगर भित्र प्रतियोगिता गर्ने अनुमति लिएको छ छैन भन्ने केहि खुलेको छैन ।
नगर र शिक्षा शाखामा जानकारी नगराई यस्ता कुनै पनि कार्यक्रम गर्न नपाईने नगर शिक्षा शाखाले जानकारी दिएको छ । पथरी शनिश्चरेमा यसले प्रतियोगिता गर्न पाउने कुनै पनि अनुमति नलिएको पथरी शनिश्चरे शिक्षा शाखा प्रमुख नविन खुलाल बुढाथोकी बताउनु हुन्छ । बाहिरबाट पैसा कमाउन आएका यस्ता संस्थाले ठगि गरे स्वयम विद्यालय जिम्मेवार हुनु पर्ने बुढाथोकीले बताउनु भयो । यस्ता कार्यमा बालबालिका, अभिभावक र विद्यालयलाई सचेत रहन समेत शिक्षा शाखाले अनुरोध गरेको छ ।

यता पथरी शनिश्चरे नगर प्याब्सन अध्यक्षा सन्तोष बस्नेतले पनि संस्थागत रुपमा केहि जानकारी नरहेकाले ठगिएमा संस्था जिम्मेवार नरहने बताउनु भयो । प्रतिभाको नाममा पैसा असुल्ने धेरै यस्ता प्रतियोगिता आए । यो पनि त्यस्तै नहोला भन्न सकिन्न, कुन, के र कस्तो कार्यक्रमहो भन्ने केहि थाहाँ छैन त्यसैले भाग लिए अभिभावक स्वयम जिम्मेवार हुने बस्नेतको भनाई छ । अन्य आयोजक जस्तै भागेमा कानुनी बाटो खोज्ने समेत कुनै आधार नभएको प्रतियोगिताको पत्रचारले देखाएको छ । प्रतियोगिताका विभिद विषयमा बुझ्न सि ई ओ पासाङ लामालाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
लामाको ट्रु भाइब इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रा. लिले पथरी शनिश्चरेमा समेत ट्यालेन सोका नाममा विद्यालय भित्रै पसेर प्रचार गर्न थालेको छ । उक्ता कार्यबाट पटक पटक ठगिएका अभिभावकहरु आयोजक भन्दा पनि विद्यालय संग रिसाउन थालेका छन । बालबालिकाको कलिलो मानस पटलमा आयोजकले देखाएको लोभले घरमा अभिभावक र बालबालिकाको झगडा समेत हुने गरेको एक अभिभावक बताउछन । यस्ता कार्य स्कुलले तुरुन्तै स्कुलमा बन्द गराउनु पर्ने अभिभावकको भनाई छ । अभिभावकले कमिसनका लोभमा विद्यालयले यस्ता प्रतियोगिता भित्र्याउने गरेको आरोप समेत लगउने गरेका छन् ।
ट्रु भाइब इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रा. लिले विद्यालय भित्रै पसि ट्यालेन्ट सोको नाममा बालबालिकालाई उस्काउने कार्य सुरु गरेको विद्यार्थी बताउछन । आबेदन फरम ५ सय भन्दै बालबालिकाको हातमा प्रचार पठाएको अभिभावक बताउछन । हजारौ र लाखौ नगद पुरस्कारको लोभ देखाए पनि पहिलो चरण पछि बिभिन्न बहाना बनाई अन्य मोटो रकम लिने गरेको अघिल्लो प्रतियोगितामा सहभागी एक अभिभावक बताउछिन । विजेतलाई ठुलो नगद रकम र आकर्षक पुरस्कार दिने भनेर प्रचार गरिए पनि भित्र भित्रै सेटिङमा विजेता घोषणा गरिएको भन्दै यस्ता प्रतियोगिताहरु विबाद पनि आउने गरेका छन । केहि आयोजकले त प्रतियोगिबाट पैसा उठाउने र भाग्ने रेको समेत पाईएको छ ।
धेरै कार्यक्रमका आयोजक र प्रतियोगिता एकै खाले भए पनि नाम परिवर्तन गरि विद्यालय र विद्यार्थी ठग्ने गरेको देखिएको छ । पछिल्लो समय प्रतियोगिता चलाउन स्थानिय संचारकर्मीहरुले विरोध गर्न थाले पछि आयोजकले संचारकर्मीलाई समेत साथमा लिएर कार्यक्रम संचालन गर्न थालेका छन । जस्ले गर्दा सहभागि नगराउने स्कुलका विषयमा नकरात्मक समाचार लेख्ने र सहभागिता गराए विद्यालयको सकरात्मक प्रचार गरिहिड्ने देखिदै गएको छ । विद्यालय पनि संचारकर्मीबाट नकरात्मक समाचार आउने डरले त्यस्ता प्रतियोगितालाई बाध्य भएर प्रचारका लागि स्थान दिने गरेका छन । तर यता उक्त प्रतियोगितामा सहभागिता हुदा पढाई र आर्थिक दुबै सकिने र उपलब्धी समेत नदेखिने विद्यालयहरुको गुनासो छ ।
















