पथरी शनिनश्चरे गोल्डकपको उपाधी सलहेस सिराहालाई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, मङि्सर ०४, २०८३

पथरी शनिनश्चरे गोल्डकपको उपाधी सलहेस सिराहालाई

गोपाल काफ्ले/ पथरी, २२ कार्तिक
`अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिन्चरे गोल्डकप २०८२´को उपाधी सलहेस युवा क्लव सिराहाले चुमेको छ । आज शनिवार भएको फाईन खेलमा आयोजक पथरी ११ लाई १-२ गोल अन्तरले पराजित गर्दै सिराहाको सलहेस युवा क्लवलाई उपाधी चुमेको हो । खेलको अग्रता भने पथरी ११ ले लिएको थियो ।

खेलको १९ औं मिनेटमा पथरी ११ का धिरेन क्षेत्रिले पेनाल्टि मार्फत लिएका थिए । सलहेस सिराहाका विदेशी खेलाडी करिम ओमोलोजाले पथरी ११ का निरज परियारलाई डि बक्स भित्र फल गरे पछि पाएको पेनाल्टिमा धिरेन क्षेत्रिले गोल गर्दै अग्रता लिएका थिए ।

पहिलो हाफ एक गोलको अग्रता लिएको पथरी ११ ले दोस्रो हाफमा समालिन नसक्दा हार बेहोर्नु परेको हो । दोस्रो हाफको ५८ औं मिनेटमा सिराहाका लागि जय गुरुङले गोल गर्दै खेल बराबरीमा पुर्याए । दोस्रो हाफमा पथरी ११ माथि हाबि बनेको सलहेस सिराहाका समिर तामाङले दोस्रो गोल गरे । खेलको ६९ औं मिनेटमा समिर तामाङले गरेको गोल नै उपाधि चुम्न सफल भयो । सिराहाले यो सिजनका ४ उपाधि जितेको छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी पथरी ११ का युकेस तामाङ घोषित हुदै नगद २५ हजार प्राप्त गरे । त्यस्तै खेलको म्यान अफ दि म्याच सलहेस सिराहाका जय गुरुङ घोषित हुदै नगद ५ हजार प्राप्त गरे ।

अन्य विधागत तर्फ सलहेस सिराहा रेवट चौधरी उत्कृष्ट गोल रक्षक, रिजड वईसन सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षक राजिव यादव घोषित हुदै नगद १०/१० हजार प्राप्त गरे । त्यस्तै पथरी ११ का गोल रक्षक समिर क्षेत्रि उदयमान खेलाडी घोषित हुदा संजय लिम्बु उत्कृष्ट मिडफिल्डर, धिरेन क्षेत्रि उत्कृष्ट डिफेन्स घोषित हुदै १०/१० हजार प्राप्त गरे ।

प्रतियोगिताको विजेता सलहेस युवा क्लव सिराहा बन्दै नगर ५ लाख ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ  भने उपविजेताले पथरी ११ ले नगद २ लाख ५० हजारमा चित बुझाउनु पर्यो । विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई प्रमुख अतिथी पथरी शनिश्चरे नगरपालिका नगर प्रमुख मोहन तुम्वापो, एनफा केन्द्रिय सदस्य दिपेन्द्र धिमाल, मोरङ जिल्ला फुटवल संघ अध्यक्ष संजिव बुढाथोकीले पुरस्कृत गर्नु भयो ।

सम्बन्धित खवर