सलहेस सिराहा पथरी शनिश्चरे गोल्डकप फाईनल प्रबेश - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सलहेस सिराहा पथरी शनिश्चरे गोल्डकप फाईनल प्रबेश

गोपाल काफ्ले /पथरी, १९ कार्तिक
सिराहाको सलहेस युवा क्लव `अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप २०८२´ को फाईनलमा प्रबेश गरेको छ । सलहेस सिराहाले पाँचथरको पाँचथल क्लव फिदिमलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । सिराहाको जितमा रोहन कार्कीले २ गोल गरे भने रोहन भुजेर र कमल खवासले १/१ गोल गरेका छन ।

खेलको सबै गोल दोस्रो हाफमा भएको छ । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । निकै प्रतिस्पर्दात्म खेलमा सिराहा सलहेसको रोहन कार्कीले  खेलको ६६ औ मिनेटमा खाता खोलेका थिए । सिराहाको जितको खुसी साट्न नपाउदै ७० औं मिनेटमा पाँचथरका अभिशेक लिम्बुले गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यस पछि अन्य गोल गर्न नसक्दा पाँचथर बाहिरिनु पर्यो ।

७० औं मिनेटमा अभिशेकको गोल संगै खेलमा बिबाद बढ्यो । खेलाडी र दर्शक विचको बिबादले खेल ३ मिनेट रोकियो । बिबाद पछि पुर्न संचालन भएको खेलको ७७ औं मिनेटमा रोहन भुजेलले गोर्ल गर्दा पाँचथर स्तब्द बन्यो । एक गोलले पछि परेको पाँचथर विरुद्व खेलको ७८ औं मिनेटमा रोहन कार्की र ८४ औं मिनेटमा कमल खवासले गोल गर्दै खेल ४-१ को अग्रता बनाए । पहिलो हाफ गोल रहित बराबरी खेलेको पाँचथरले लय गुमाउदा हार बेहोर्नु पर्यो । दोस्रो हाफमा एक पछि अर्को गोल गर्दै सलहेस सिराहाले फाईनलमा आफुलाई सुरक्षित गरेको छ  ।

 खेलको म्यान अफ दि म्याच सलहेस सिराहाका दुई गोलकर्ता रोहन कार्की घोषित हुदै नगद ५ हजार प्राप्त गरे ।  सिराहाले गोल गरे पनि २२ गते हुने फाईनल खेलमा भोलि हुने दोस्रो सेमिलाईनको विजेता संग प्रतिस्पर्दा गर्ने छ । भोली  बुधबार दोस्रो सेमिफाईन खेल आयोजक पथरी ११ र एन आर टि काठमाडौं बिच हुने छ ।

प्रतियोगिता कार्तिक २२ गते सम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगर ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने छ ।

सम्बन्धित खवर