गोपाल काफ्ले/पथरी, १४ कार्तिक
क्याम्पेन फर चेन्ज (CfC) ले मोरङको पथरी शनिश्चरेमा अन्तरलिङ्गी ब्यात्तीका समस्याबारे जनप्रतिनिधी, नगर बाल क्लवका पदाधिकारी साथै बालअधिकार समिति संग एक दिने अन्तरक्रिया कार्यक्रम गरेको छ । स्थानीय तहको सरकार र अन्य सरोकारवालाबीच अन्तरलिङ्गी र उनीहरूका समस्या, संवेदनशीलताका विषयमा अन्तरक्रिया कार्यक्रममा जानकारी गराएको छ।

नेपालको संविधानमा ‘लैङ्गिक तथा यौनिक अल्पसंख्ख्यक’ भनेर उल्लेख गरेतापनि नेपालमा अन्तरलिङ्गी व्यक्तिहरूको अधिकार स्थिति बारे स्पष्टता छैन । अधिकारकर्मीहरूले सबै प्रकारका ब्यात्तीहरुले स्वतन्त्र भएर जिउन पाउने अधिकार रहेको बताएतापनी अन्तरलिङ्गी ब्यात्तीका हकमा स्पस्ट अधिकार नरहेको अनुभव प्रस्तुत गरेका छन् ।
प्राकृतिकरुपमा छोरी भएर जन्म लिए पनि उमेरको बिकास क्रममा छोराको स्वभाव हुनुको साथै शरिरका अंग समेत प्राकृतिकरुप परिवर्तन भएको हुनाले समुदायले विभिन्न लालचना लगाउने गरेको अन्तरलिङ्गी सि एफ सिका कार्यकारी निर्देशक एवम अभियानका संयोजक ईशान रेग्मीले बताउनु भयो । उहाँले भन्नु भयो म छोरी मान्छे हु तर मेरो पाठेघर र स्थन प्रकृतिक रुपमै छैन, पाठेघरमा छोरामा हुनु पर्ने डीम्ब भएको धेरै समस्या भोग्नु परेको बताउनु भयो ।

लामो समय देखी नेपालको विभिन्न क्षेत्रमा अन्तरलिङ्गी ब्यात्तीको क्षेत्रमा काम गर्दै आएको सि एफ सिले समुदायमा खुल्न नसकेको र समाजले नपचाएका कारण धेरै अन्तरलिङ्गी ब्यात्तीहरु तिरस्कृत हुदै समाज छोड्न बाध्य भएको बताएको छ । प्राकृतिकरुपमा जन्मदै यो समस्या लिएर आएका अन्तरलिङ्गी ब्यात्तीहरु सामाजिक, कानुनी र संरचनागत चुनौतीहरु खेप्दै आएको अन्तरलिङ्गीहरुको भनाई छ ।

कार्यक्रममा समुदायमा अन्तरलिङ्गी ब्यात्ती पहिचान कसरी हुन्छ, उनिहरुले समुदायमा भोग्नु परेको समस्या र यस्का लागि सि एफ सि ले गर्दै आएका पहलका विषयमा सि एफ सिका कार्यकारी निर्देशक एवम अभियानका संयोजक ईशान रेग्मीले सहजीकरण गर्नु भएको थियो । नेपालमा धेरै अन्तरलिङ्गी भए पनि परिवार र समाजको दवाव र डरले खुल्न नसकेको मोरङ संयोजक विमला श्रेष्ठले बताउनु भयो । मोरङको सबै पालिकामा प्राकृतीक रुपमा अंग ठगिएका अन्तरलिङ्गी ब्यात्ती रहेको पथरी शनिश्चरे र उर्लाबारीमा १० देखि १२ जना रहेको श्रेष्ठले बताउनु भयो ।
मोरङको पथरी शनिश्चरे नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा पथरी शनिश्चरे नगरका जनप्रतिनिधी, बाल अधिकारको क्षेत्रमा काम गर्दै आएका क्लव, समामजिक अभियन्ता र संचारकर्मीको उपस्थिति रहेको थियो ।

















