साइनो समाचारदाता, पथरी/ १० असोज
जेन जि आन्दोलनका सहिद भएको युवा र प्रहरीको सम्झनामा मोरङ पथरी शनिश्चरे २ मा रहेको वाल्मीकि आवासिय माविले शोकपूर्ण दशैंको रुपमा शहिदको सम्झना गर्दै एक कार्यक्रम गरेको छ । जेन जि आन्दोलमा शहिद भएका ७२ युवाको बलिदानप्रति सम्मान गर्दै मौन धारण गर्दै विद्यालय र विद्यार्थीले एकताको सन्देश दिएका छन ।
देशभर नेपालीहरूको महान् चाड दशैं तिहारको माहोल छाएको बेला वाल्मिकि आवासिय माविलेले भने आफ्नो परम्परागत दशैं उत्सवलाई यो वर्ष शोक र मौनतामा परिणत गरेको विद्यालयका निर्देशक नवल किसोर खनाले बताउनु भयो । देशमा हालै भएको जेन जि आन्दोलनु मा न्यायका लागि आवाज उठाउँदा ७२ जना युवाहरूको सहादत भएको दुःखद घटनाको सम्मानमा विद्यालयले यस्तो निर्णय लिएको खनालले बताउनु भयो ।
देश दुखमा रोहेको बेला शोकको घडीमा तामझामले भन्दा सहिदलाई सम्झनुले बिद्यालय र विद्यार्थीले देश प्रतिको नैतिक्ता देखाएको छ । दशैंको टीका र जमराको सट्टा विद्यार्थी र शिक्षकहरूले एकजुट भएर शोकको सन्देश दिएका छन । शोक कार्यक्रममा भावुक बनेका विद्यार्थीहरूले आफ्ना भनाइहरू राख्दै सहिद युवाहरूको बलिदानप्रति गहिरो सम्मान व्यक्त थिए । विद्यार्थी भन्छन, यो दशैं हाम्रो लागि दुःखको दशैँ बन्यो। जेन जि आन्दोलनमा ७२ जना युवाहरूले आफ्नो जीवन गुमाए ।
विद्यालयले परम्परा विरोधी नभई देशका लागि संघर्ष गर्दा सहिद भएका युवाहरूप्रति सम्मान देखाउन उत्सव नमनाएर मौन बसेको स्पष्ट पारेको छ । सहिद युवाहरूलाई नायकु को संज्ञा दिँदै विद्यार्थीहरुले उनीहरूको सम्झनामा सबै एकजुट भएको बताए । सबै विद्यार्थी र शिक्षकहरूले एक मिनेटको सामूहिक मौनता धारण गरेर सहिद भएका युवाहरूको आत्माको शान्तिका लागि प्रार्थना समेत गरे ।
कार्यक्रममा आन्दोलनमा घाइते भएका सम्पूर्ण योद्धाहरूको शीघ्र स्वाथ्य लाभको कामना समेत गरिएको छन । यस वर्षको फरक दशैंले सबै विद्यार्थीमा देशप्रेम र एकताको नयाँ पाठ सिकाएको विद्यालयका प्रधानाध्यापक चन्द्र प्रसाद दुलालले बताउनु भयो । यस्तो परिस्थितीमा हामी विद्यालय परिवार दुखी छौं शिक्षक र विद्यार्थीको देश प्रेम सहित ल्याएको आग्रहलाई विद्यालयले नकार्न सकेन प्रधानाध्यापक चन्द्र प्रसाद दुलालले बताउनु भयो ।
















