सुजन दियाली / पथरी, ७ भदौ
पथरी शनिश्चरे वडा नं. ६ मा अन्य पार्टी परित्याग गरी ५१ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रबेश गरेका छन । शुक्रबार वडा नं ६ को मंगलबारे बजारमा भएको पहिलो अधिबेशनमा नेपाली कांग्रेस, नेकपा एमाले, माओबादी र अन्य राजनितिक दलको आस्ता छोडी रास्वपाको नयाँ सदस्यता भएका छन । नयाँ सदस्यता लिनेहरु अन्य पार्टीका सामान्य भोटर्स मात्र रहेको बताएका छन ।

उत्त अधिबेशनबाट प्रकाश रायमाझीको सभापतित्वमा पाँच वडा कमिटि चयन गरेको छ । यो संगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पथरी शनिश्चरे वडा नं. ६ को पहिलो अधिवेशन सम्पन्न भएको छ । तदर्थ समितिले शुक्रबार वडा नं ६ को मंगलबारे बजारमा पहिलो अधिबेशन र पार्टी प्रबेश कार्यक्रम राखेको थियो ।
उत्त अधिबेशनबाट उपसभापति निशा तिम्सिना, सचिवमा घनश्याम दाहाल, र सदस्यमा काशी मण्डल र रिंकु ठाकुर सर्वसम्मत रूपमा वडा कमिटिमा चयन भएका छन् । नवगठित समितिका अध्यक्ष रायमाझीले रास्वपालाई वडामा थप बलियो र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले पुराना राजनीतिक दलका परम्परागत शैली र प्रलोभनबाट माथि उठेर नयाँ विकल्पका रूपमा रास्वपालाई रोज्न आग्रह गरे। साथै, उनले परिवर्तनको चाहना राख्ने सबैलाई पार्टीमा आबद्ध हुन आह्वान पनि गरे।

वडा अधिवेशनमा पुराना राजनितिदलबाट आशा मारेका वडडावासीको उपस्थिति रहेको थियो। उत्त वडा नेपाली कांग्रेसको मुख्य भोट भएको वडा हो । यस अघि २०७४ र ०७९ मा भएको स्थानिय चुनावमा नेपाली काग्रेसका उमेद्वार विजयी भएका थिए । नगर समिति सभापति हिक्मत श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उत्त कार्यक्रममा प्रदेश र जिल्लास्तरका नेतागणको उपस्थिति रहेको थियो। नवगठित समितिलाई चाँडै नै पूर्णता दिइने नगर सभापति हिक्मत श्रेष्ठले जानकारी दिनु भयो।

















