गोपाल काफ्ले/ पथरी, २१ साउन
पथरी प्रहरी संगको सेटिङमा पथरी शनिश्चरे, कानेपोखरी लेटाङ र बेलबारीका खोलाबाट ढुंगा बालुवा गिटि उत्खन्न हुने गरेको छ । उत्त खोलाहरुबाट प्रहरीकै मिलेमहत्वमा दिन दाहाडै नदि जन्य पदार्थ चोरी हुने गरेको स्थानियको आरोप छ । लेटाङका खोलाबाट जाँते हुदै इलाका प्रहरी कार्यलय अगाडीबाटै रातको १२र१ बजे चोरीको ढुंगा बालुवा गिटि आउने गरेको छ । उत्त गाडीबाट प्रहरीले रकम असुल्ने गरेको एक चालक बताउछन । यता ढुंगा बालुवा गिटि उत्खन्नको सुचना प्रहरीलाई दिदा प्रहरीबाटै ठेकेदारलाई सुचना हुने देखिएको छ । प्रहरीलाई सुचना दिए लगतै ठेक्दारबाट फोन आउने र चियाँ नास्ताको अफर आउने गरेको छ ।

यो समय खोला ठेक्का हुदैन तर सबै खोलाबाट ढुंगा बालुवा गिटि चोरी हुने गरेको छ । प्रहरी संगको सेटिङमा चोरी हुने प्रमाण समेत फेला परेको छ । खोला ठेक्का बन्द भएको समयमा प्रहरीबाटै खोलाबाट गिटी बालुवा चोरीमा सहयोग हुने गरेको निर्माण व्यवसाही बताउछन । अरुबेला २५ सय पर्ने बालुवा यो बेला ३५ सय पर्ने ट्याक्टर चालक बताउछन । एक हजार त पथरीको प्रहरी र कानेपोखरीको प्रहरीलाई बुझाउदै सकिन्छ । बाँकी घुमुवालाई पनि मनाउनु पर्छ नत्र खोला पस्नै नपाईने उनिहरुको भनई छ । २१ गते बुधवार खोलाबाट विना बिल चोरिको बालुवा भेट्दा समेत घुमुवाले स्टोकको बालुवा भन्दै छोडेका छन ।

प्रहरी संगको सेटिङ भए पछि गाडि घोडा दिन दाहाडै खोलामा पस्ने गरेका छन । गाडि घोडा पसे बापत प्रहरीले राम्रै रकम उठाउदै आएको खोला छेउछाउका बासिन्दा बताउछन । पथरी शनिश्चरे १० को डाँस खोला, कानेपोखरी र बेलबारी सिमानामा रहेको चिसाङ खोला र लेटाङको मोरङ्गी खोलामा पसेका हरेक ट्याक्टरबाट इलाका प्रहरी कार्यलय पथरीका घुमुवा प्रहरीले ५र ५ सयका दरले उठाउने गरेको चालकले बताएका छन । चालकले भने खोला ठेक्का बन्द छ, प्रहरीलाई पैसा नखुवाई खोला पस्न पाईदैन त्यसैले यो समय ढुंगा बालुवा गिटि महंगो हुन्छ ।
नाम नबताउने सर्तमा एक चालकका भन्छन प्रति ट्याक्टर प्रत्येक प्रहरी चेक पोष्ट र सिमानामा ५र५ सय तिर्नु पर्छ प्रहरीलाई मिलाउनु पर्ने भएकाले जनता मारमा छन । खोला ठेक्का बन्द भएको समयमा जनताले मुल्यमा एक हजार देखि ५ हजार रुपयाँ सम्म बढि तिर्नु पर्ने बताए । खोलामा गाडी घोडा पस्न पाउदैन भन्ने थाहाँ भएर घुमुवा प्रहरी एक एक छिनमा ट्याक्टरको पछि लाग्ने उनि बताउछन् ।
ईलाका प्रहरी कार्यलय पथरी प्रमुख प्रहरी नायव उपरिक्षक तुलसीराम अर्यालले प्रहरीले आफुले एक हप्ता अगाडी मात्र कार्यभार सम्हालेको र यो विचमा त्यस्तो काम प्रहरीबाट नभएको बताए । यो झुटो आरोप हो खोलाबाट नदिजन्य पदार्थ चोरिका घटना नभएको र भएमा कडा निगरानी गरिने प्रमुख प्रहरी नायव उपरिक्षक अर्यालले बताए ।

















