दोस्रो पथरी शनिश्चरे गोल्डकप २०८२ कार्तिक १५ देखि - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

दोस्रो पथरी शनिश्चरे गोल्डकप २०८२ कार्तिक १५ देखि

गोपाल काफ्ले/पथरी, २१ साउन

दोस्रो पथरी शनिश्चरे गोल्डकप कार्तिक १५ गते देखि २२ गते सम्म संचालन हुने भएको छ । पथरी ११ फुटवल क्लवले पत्रकार सम्मेलन गर्दै दोस्रो गोल्डकपको मिति तय गरेको हो । प्रतियोगितामा ए डिभिजन क्लव, विभागिय टोलि र अन्तराष्ट्रिय क्लव सहित ८ टिम सहभागि हुने आयोजक पथरी ११ का अध्यक्ष सुमन विकले जानकारी दिनु भयो ।

बिधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा उदयमान खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।प्रतियोगिताको पहिलो संस्करणमा ब्रीगेड ब्वाईज क्लब, ललितपुरले संकटा क्लब, काठमाडौंलाई पराजित गर्दै उपाधि जितेको थियो । सो संस्करणमा क्रमशः ३ लाख र २ लाख रुपैयाँ पुरस्कार राशी रहेको थियो।

प्रतियोगितामा अनुमानित खर्च ६० लाख लाग्ने आयोजकले बताएको छ । क्लवले प्रतियोगिता सम्पन्न गर्न पथरी शनिश्चरे नगरपालिकाबाट आउने सहयोग, मुख्य प्रायोजक, सह प्रायोजक, प्रायोजक, टाईल स्पोन्सर र देश विदेश भित्र भएका संघ संस्थाबाट सहयोग जुटाउने बताएको छ । पथरी शनिश्चरे नगरले देशमै पहिलोपटक पथरी शनिश्चरे ओलम्पिकको सुरुवात गर्दै आएको र फुटवल प्रतियोगिताको गौरवको योजना रहेको गोल्डकप सफल पार्न नगर पनि साथमै रहेको नगर खेलकुद संयोजक दिपक राईले बताए ।

क्लवले प्रथम गोल्डकपबाट १० लाख आम्दानी गरेको थियो । क्लवले सुवात देखि हाल सम्म आई पुग्दाका ठिनाई, सफल्ता र आर्थिक प्रतिबेदन सार्वजनिक गरेको छ । क्लवले प्रतियोगिताका सम्पन्न गर्न मैदान मर्मत तथा घेराबारा गरि झार उमार्ने मार्ने कार्य सुरु गरेको छ ।

पहिलो प्रतियोगितामा ३ लाख र १ लाख ५० हजार रहेको पुरस्कार राशि बढाएर दोस्रो संस्करणमा ५ लाख र दुई लाख ५० हजार पुर्याएको छ । प्रतियोगितामा विधागत तर्फ पनि राशि थप गर्ने पत्रकार संम्मेलनमा जानकारी दिएको छ ।

फुटवल खेलको विकासका लागि क्लवले महिला र पुरुष दुबै टिम उत्पादन गर्दै आएको पथरी ११ फुटवल क्लवका खेल संयोजक जितन राईले बताउनु भयो । क्लले खेलाडी दुःख विरामी पर्दा सहयोग गर्ने, राष्ट्रिय खेलाडी र उत्कृष्ट हासिल गर्ने खेलाडीलाई सम्मान गर्ने र विदेशीने खेलाडीलाई विदाई जस्ता कार्य गर्दै आएको छ । क्लवले ८१/८२ मा ठुला साना गरि १४ खेलमा सहभागि जनाएको छ भने आधा दर्जन खेलमा सफल्ता हासिल गरेको छ । क्लवका ५ जना राम्रा खेलाडी वैदेशीक रोजगारीका लागि पलायन भै सकेका छन ।

सम्बन्धित खवर