काठमाडौं/ ३ साउन
जुलाई २५ गते हुने गैरआवासीय नेपाली संघ (एनआरएनए ) जापानको उपाध्यक्षमा मोरङ कानेपोखरी ७ का नारायण सुवेदीले उम्मेद्वारी दिएका छन । आगामी २०२५–२०२७ कार्यकालका लागि सुवेदीले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । सामाजिक क्षेत्रमा सकृय रहेका सुवेदी जापानको क्यूसु क्षेत्र अन्तर्गत फूकुओकामा २०१३ देखि बस्दै आउनु भएको छ ।

विद्यार्थीको रुपमा जापान पुगेका सुवेदी जापान स्थित नेपाली समुदायमा एक जिम्मेवार, सहयोगी र लोकप्रिय व्यक्तित्वको रूपमा चिनिनुहुन्छ। प्रारम्भिक दिनदेखि नै सामाजिक काममा समर्पित रहँदै आउनुभएका उहाँले अध्ययन सँगै विभिन्न सामाजिक संघ संस्थाहरूमा आबद्ध भएर काम गर्दै आउनुभएको छ। उहाँको नेतृत्वमा सञ्चालित विविध गतिविधिहरूले नेपाली समुदायमा उल्लेखनीय सकारात्मक प्रभाव पारेका छन्।
त्यस्तै, सुवेदीले नेपालमा समेत सामाजिक काम गर्दै अध्यायनका लागि जापान पुगेका थिए । जापानमा रहदा समस्यामा परेका नेपालीहरुको सहयोगी बनेका सुवेदीलाई सामाजीक कामले भने कहिल्यै छोडेन । जापान स्थित नेपाली राजदूतावासको सहकार्यमा घुम्ती सेवा फुकुओका, नेपाल फेस्टिवल फुकुओका, हाकाता दोन्ताकु, फुकुओका अध्यागमन ब्यूरोसँगको सहकार्यमा अन्तरक्रिया कार्यक्रम, नेपाल र जापानमा विभीन्न समस्यमा परेका नेपालीहरुको सहयोगका गतिविधिहरू सफलतापूर्वक सम्पन्न गर्नका लागी प्रत्येक पटक महत्वपुर्ण भुमिका निर्वाह गर्दै आउनु भएको छ । “बोलीमा सालिनता काममा अग्रसरता विश्वाशिलो एनआरएनए निमार्णमा हाम्रो अटल प्रतिवद्धता” भन्ने नाराका साथ उपाध्यक्ष पदका लागि आफूलाई अत्याधिक बहुमतका साथ विजय गराई सेवा गर्ने अवसर दिन उहाँले जापान स्थित एन आर एनए सदस्यहरुमा अपिल गर्नुभएको छ ।
खासगरी खेलकुद क्षेत्रमा सुवेदीको योगदान उल्लेखनीय छ। खुकुरी एफसी मार्फत विभिन्न खेल प्रतियोगिता आयोजना गर्नुका साथै नेपाली खेलाडीलाई अन्तरसम्पर्क र प्रतिभा प्रदर्शनका अवसरहरू दिलाउँदै आउनुभएको छ। जापानमा रहेका नवआगन्तुक नेपाली विद्यार्थी तथा कामदारलाई प्रारम्भिक समयमै मार्गदर्शन, रोजगारी र बसोबासमा सहजता दिलाउने कार्यमा पनि सुवेदी अग्रपंक्तिमा रहँदै आउनुभएको छ। नेपालका गाउँ–सहरमा आयोजना हुने साना–ठूला खेल प्रतियोगिता तथा सामाजिक सहायतामा समेत निरन्तर योगदान दिँदै आउनु भएको छ। विशेषगरी उपचार खर्च नपाएर समस्यामा परेका नेपालीहरूलाई आर्थिक सहयोग संकलन गरेर उपचारमा साथ दिनु उहाँको मानवीय संवेदनशीलताको उदाहरण हो।
एनआरएनए क्यूसु क्षेत्रीय कार्यसमितिको सदस्य, कोषाध्यक्ष, मानार्थ सदस्य तथा राष्ट्रिय परिषद सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसक्नुभएका सुवेदी नेतृत्वदायी क्षमताले पनि परिचित हुनुहुन्छ। “नाराको होइन, साहाराको एनआरएनए” भन्ने एजेन्डालाई अघि सार्दै उहाँले सबै नेपालीको संस्था बन्ने एनआरएनए निर्माण गर्ने लक्ष्य लिएको बताउनुहुन्छ। जापानस्थित नेपालीहरूको जीवन अझ व्यवस्थित, सुरक्षित र सम्मानजनक होस् भन्ने उद्देश्यका साथ उहाँले आफूलाई उपाध्यक्ष पदमा विजय गराउन आग्रह गर्नुभएको छ।
सामाजिक क्षेत्रका साथसाथै नेतृत्व क्षमता, जिम्मेवारी बोध र सेवाभावको कारण नारायण सुवेदी हाल जापानमा बसोबास गर्ने नेपालीहरूको आशाको केन्द्रका रूपमा उभिनु भएको छ।
















