पथरी, असार १६
मिस नेपाल ग्लोब २०२५ की बेजेता रिजु भट्टराईलाई गृह नगर पथरी शनिश्चरे नगरपालिकाले सम्मान गरेको छ । आज पथरी शनिश्चरे नगरले एक कार्यक्रमका विच मिस ग्लोब नेपाल २०२५ विजेता भट्टराईलाई नगद सहित सम्मान गरेको हो ।

नगर प्रमुख मोहन प्रसाद तुम्वापोले भट्टराईले पथरी शनिश्चरे नगरको प्रतिनिधित्यो गर्दै उपाधी जित्न सफल भएको बताउदै बधाई दिनु भयो । नगर प्रमुख तुम्वापोले अन्तराष्ट्रिय मञ्चमा पथरी शनिश्चरेलाई चिनाउदै विजयी हासिल गर्न भट्टराईलाई नगरले सहयोग गर्ने बताउनु भयो ।
२२ बर्षीय भट्टराई २०२५ सेप्टेम्वरमा अल्बेनिया हुने मिस ग्लोब वर्ल्डको तयारीमा रहेकी छन । मिस ग्लोव भट्टराईले ‘प्रथम मिस पथरी शनिश्चरे २०१७’ र ‘मिस पूर्वाञ्चल २०१९’ को उपाधी हात पर्दै मोड्लिङ यात्रा सुरु गरेकी हुन ।
मिस ग्लोब भट्टराई पथरी शनिश्चरे १ कि स्थाई बासिन्दा हुन । उनले पथरी शनिश्चरे १ मा रहेको न्यू प्येगोडा ईङ्लिस स्कुलबाट एस ईई र पञ्चायत मा विबाट प्लस छु विज्ञान संकाय उतिर्ण गरि सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैचा, मोरङ वि ए सि चौथो बर्षकी टपर विद्यर्थी हुन ।
















