नागरिक समूहलाई बेलबारी नगर प्रमुखको धम्की - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, मङि्सर ०४, २०८३

नागरिक समूहलाई बेलबारी नगर प्रमुखको धम्की

पथरी, असार १७
मोरङको बेलबारी नगरपालिकामा देखिएको पछिल्लो समयको विवाद चुलिदै गएको छ । सत्य तथ्य बुझ्न गएको स्वतन्त्र नागरिक समूहलाई नगर प्रमुखले धम्की दिदै अराजक समुह भने पछि  विबाद झन चुलिएको छ । स्वतन्त्र नागरिक समूहले बेलबारी नगर प्रमुखकाे अभिब्यात्ती प्रति खेद प्रकट गदै धम्की सामना गर्दिन तयार रहेको बताएको छ । नगर प्रमुख ज्यू कस्लाई अराजक भन्दै धम्की दिएको भन्दै स्वतन्त्र नागरिक समूहले प्रश्न गरेको छ ।

कर्मचारी र जनप्रतिनिधी विचको विबाद छरिएर सतह सम्म आएको छ । उपप्रमुखलाई नगरका केहि योजनाको कामको हिसाव लेखाअधिकृतले हेर्न नदिए पछि विबाद चुलिदै जनता समक्ष चासोको विषय बनेको छ । नगर उपप्रमुख नितु थापाले आर्थिक बर्ष २०८१÷०८२ मा सम्पन्न योजनको काममा शंका लागि हेर्न खोज्दा लेखाअधिकृत धनमाया राईले नदिए पछि बिबाद सुरु भएको हो ।

उत्त विबाद र यथार्थ सार्वजनको माग गर्दै स्थानीय स्वतन्त्र नागरिक समूहले प्रेस विज्ञप्ति जारी गरेको छ । नगरमा भइरहेका विवादास्पद गतिविधि र पारदर्शिताको अभावप्रति आक्रोशित हुँदै स्थानीय स्वतन्त्र नागरिक समूहले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल समस्या समाधान गर्न माग गरेका छ । असार १२ गते स्वतन्त्र नागरिक समूहले हिसाबमाग गर्न आउदा लेखाप्रमुख र प्रमुख प्रशासकीय अधिकृत संजयकुमार राजलवटले गेटमै नगर प्रहरी लगाएर रोक लगाएको भन्दै आपति जनाएको छ ।

गत असार १२ गते भएको घटनालाई लिएर तथ्य सूचनाको खोजीका लागि विज्ञप्ति जारी गरेको छ । उक्त विज्ञप्तिमा भनिएको छ, “के घटनाको सत्यता के हो ? कसरी घटना भयो?” भन्ने विषयमा स्वतन्त्र नागरिक समूहले सार्वजनिक रूपमा जानकारी गरेको छ । विज्ञप्तिमा नगरपालिकामा लेखापाल, इन्जिनियर लगायतका कर्मचारीबाट चरम भ्रष्टाचार भएको उल्लेख गरिएको छ । नगरपालिका कार्यालयमा सामान्य काम गर्दा समेत घुस रकम माग्ने गरेको र नदिए काम नै रोकिदिने गरेको, लेखाप्रमुखले तेलको कुपन बितरण गरेको र लेखालाई खुसी नपारी कुनै काम लिन नसकिने लगायतका नागरिकहरुको गुनासो देखिएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।


नागरिक समूहले बेलबारी नगरपालिकामा जनप्रतिनिधिहरु निर्बाचित भएर आएको ३ बर्षमा समेत उल्लेख्य काम नभएको आरोप लगाएको छ । नगरले तिन बर्ष भित्रका योजनाहरु बेलबारी १ को व्यापारिक कम्प्लेक्स, बेलबारी २ को रमिते भ्यूटावर, बेलबारी ११ को वडा कार्यलय, बेलबारी ४ को कोल्डस्टोर, नगर अस्पताल लगायतका संरचनाहरु निर्माण सम्पन्न गर्न नसकेको र लथालिंग भएको विषयमा नगर स्रग स्पस्ट जवाफ मागेको छ । बेलबारी नगरपालिकाले १ करोड ३३ लाखमा खरिद गरेको बिद्युतिय नगर बस ३ महिना देखि सञ्चालन नै नभई थन्किएर बसेको र खरिद प्रक्रियामा समेत घोटला भएको लगायतका दर्जनौ बिकास निर्माणमा समेत अनियमितता भएका विषयमा नगरपालिकाले कुनै चासो नदिएको समुहले आरोप लगाएको छ ।

सुचना लिन नगर पुगेका नागरिक समूहलाई बेलबारी नगर प्रमुख दिलप्रसाद राईले अपमान जनक ब्यवहार गरेको विज्ञप्तीमा उल्लेख छ । नगर प्रमुख राईले फोटो भिडियो खिच्न रोक लगाउदै अराजक समुहको शंज्ञा दिएका थिए । स्वतन्त्र नागरिक समूहले महालेखा परीक्षण प्रतिवेदन अनुसार नगरमा देखिएको २ करोड ५८ लाख ६५ हजार रुपैयाँ देखिएको बेरुजु कारण मागेको छ । प्रेस विज्ञप्तिमा नगरपालिकाभित्रको कार्यसम्पादन, भ्रष्टाचार, गुटबन्दी, धम्कीपूर्ण वातावरण र शंकास्पद गतिविधिको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

सम्बन्धित खवर