साइनो समाचारदाता/पथरी, १४ असार
पथरी शनिश्चरे नगरमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पहिलो अधिबेशनबाटै अन्य पार्टीको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ । हिजो १४ गते भएको अधिबेशन पछि अब अन्य पार्टी सुध्रिन जरुरी रहेको उत्त नगर अधिबेशनले देखाएको छ । अन्य पार्टी परित्याग गरि रास्वपा प्रबेश गर्नेको लर्कोले ८४ मा हुने निर्वाचनमा पुराना दललाई चुनौती बढ्ने देखिएको छ ।

१४ गते शनिवार मोरङको पथरी शनिश्चरे नगरमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई पहिलो नगर अधिबेश सम्पन्न गरेको थियो । उत्त अधिवेशनमा रास्वपालाई जनताले राम्रो साथ दिएका छन । अन्य पार्टी प्रति बितृष्णा जागेर निरास भएका जनताले रास्वपाले हाम्रो मन जित्न सफल भएको बताएका छन ।
नगर अधिबेशलाई संबोधन गर्न आएका प्रमुख वक्ताका केन्द्रीय महामन्त्री कबिन्द्र बुर्लाकोटीको राज्यले रास्वपा सभापतिलाई बिना कारण कारागारमा राखिरहेको बताए । रास्वपाको मुख्य उद्देश्य कसैसँग रिसिवी साँध्ने नभएर भ्रष्ट्राचार र बेथितिका बिरुद्धमा डटेर लाग्ने रहेकाले कसैले बिचलित नभैकन यस अभियानमा लाग्न उनले निर्देशन दिए ।

मोरङको पथरीशनिश्चरे १ स्थित सिवालय मन्दिरको प्राङ्गणमा भएको अधिवेशनले हिक्मत श्रेष्ठलाई नगर सभापतिमा चयन गरेको छ । करिव दुई सय पचाँस भन्दा माथी पार्टी प्रबेशमा जनलहर आएको जिल्ला सदस्य युवराज ओझाले बताउनु भयो । ओझाले भन्नु भयो धेरै जनता खुल्न अप्ठ्यो मान्नु भएको छ तर समर्थन हामीलाई दिनु भएको छ ।
नगर अधिबेशनले श्रेष्ठ सहित उपसभापतिमा गीता लिम्बू, सचिव तुलसी गौतम, सह–सचिव ओम प्रसाद लिम्बू, सदस्यहरू दीलबहादुर तामाङ, सुनिता खड्का, तेज बहादुर विश्वकर्मा, अमर नेपाली, कल्पना ढुङ्गाना, रमेश खत्री, लक्ष्मी श्रेष्ठ, टीका धिमाल र ओमनाथ नेपाल रहेका छन् । एकजना दलित महिला सदस्य कार्यसमितिले मनोनित गर्ने निर्वाचन समितिले जनाएको छ । निर्वाचित कार्यसमितिको कार्यकाल पाँचवर्षको हुनेछ ।

कार्यक्रममा सांसद सुमना श्रेष्ठको आउने कार्यतालिका रहेता पनि उनको उपस्थिति भने रहेन । सदन चल्ने भएपछि आफू आउन नपाएको भन्दै श्रेष्ठले भिडियो सन्देश पठाएर सम्बोधन गरेकी थिइन् । केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाले पनि कार्यक्रममा लाइभ जोडिएर सम्बोधन गरेकी हुन् । कार्यक्रममा कोशी प्रदेश महामन्त्री लालबिक्रम थापा, कोषाध्यक्ष चन्द्र राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा एकसयभन्दा बढीले अन्य पार्टी परित्याग गरी आज रास्वपामा प्रवेश गरेका थिए । पथरीशनिश्चरेका दशओटा वडा मध्ये सातओटा वडाको अधिवेशन सकिएको छ । बाँकी रहेका तीनओटा वडाको पनि तत्काल अधिवेशन सक्ने नवनिर्वाचित सभापति हिक्मत श्रेष्ठले जानकारी दिनुभयो ।

















