गोपाल काफ्ले/ पथरी, ७ जेठ
कोसी प्रदेश भित्र भएका धार्मीक पर्यटक क्षेत्रका बारेमा संचारकर्मीले खोज गरेर पर्यटन प्रबद्धनमा सघाउन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले अनुरोध गर्नु भएको हो । शुक्रबार मोरङको लेटाङमा आयोजित नेपाल पत्रकार महासंघ मोरङ शाखाको तिन दिने `पर्यटन पत्रकारीता तालिम´ मा बोल्दै पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले द्वापरयुग र त्रेतायुगमा भएका र बेद, रामायणमा भनेका कुरा कोसी प्रदेशमा रहेको बताउनु भयो ।

मन्त्री मण्डलले कोशी प्रदेशमा धार्मिक पर्यटकीय क्षेत्रबाट राष्ट्र पुँजी निर्माण गर्न सकिने बताउनुभयो । धार्मिक, सास्कृती, पर्यटकीय क्षेत्रमा कोसी प्रदेश उच्च सम्भावना रहेको बताउनु भयो । नेपालमा भएको विश्वका ठुला ८ हिमाल कोसी प्रदेशमै रहेको बताउनु भयो । उहाँले हामीसँग भएका रामसार क्षेत्र, हिमाल, धार्मीक तिर्थ स्थलको प्रचार हुनसके विदेशी पर्यटकको सङ्ख्या बढाउन सकिने उल्लेख गर्नुभयो ।
विश्वमा नभएको हिन्दु धर्मलम्वीहरुको आश्थाको धार्मीक तिर्थ स्थल विष्णु भगवानको पाउँ भएको विष्णुपादुका, राम बनबास पस्दा बालेको रामधुनी, ऋिसिले तपस्या गरेको चतरा, बाह्रक्षेत्र, हलेसी जस्ता स्थानको अझै प्रचार हुन नसकेको उहाँले बताउनु भयो । मन्त्रि मण्डलले भन्नु भयो `कोसी प्रदेशमा भएका धार्मीक पर्यटकको विषयमा सञ्चारकर्मीले खोज अनुसन्धान गरि सार्वजनिक गर्न सके नेपालको पर्यटनमा ठुलो टेवा पुग्ने बनतउनु भयो´ ।
मन्त्री सदानन्द मण्डलले धार्मीक, सास्कृतिक र प्राकृतीले दिएको सुन्दरताका विषयमा सञ्चारकर्मीहरुले खोज गरे पर्यटन, वन तथा वातावरण कोशी प्रदेश सरकारका सहयोग गर्न तयार रहेको बगाउनु भयो । सञ्चारकर्मीहरूको सहयोग बिना पर्यटन प्रबद्धन हुन नसक्ने र कोशी प्रदेश पर्यटन वर्ष २०८२ असफल हुने मन्त्री मण्डलले बताउनुभएको छ ।

कार्यक्रममा लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्रकुमार लावतीले संघिय सरकार र कोशी प्रदेश सरकारको सहकार्य भए लेटाङलाई पर्यटकीय सहर बनाउन सकिने बताउनुभयो । नगर प्रमुख लावतीले लेटाङमा देशकै एकमात्र अन्तरधार्मिक शान्ति पार्क, धिमाल जातिको राजारानी पोखरी, सुनाखरीको राजधानी, गुरास होमस्टे रहेको बताउनुभयो ।
लेटाङमा साल फुल्ने तराईदेखि गुराँस फुल्ने उच्च पहाड लेटाङमा नगरपालिका भित्र रहेको लेटाङ नगरपालिकाका उपप्रमुख कृष्णकुमारी पोख्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै सम्भावना भए पनि स्रोतको अभावमा लेटाङका पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुन सकेको छैन ।’’
पर्यटनका लागि अथाहाँ संभावना रहेको कोशी प्रदेशमा संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा र नेपालको सबैभन्दा होचो भुभाग केचनाकवल रहेकोले पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले बताउनुभयो । उहाँले पर्यटनको सुरक्षा, होटल ब्यवस्थापन, गाइडहरू र यातायातको व्यवस्थापनमा कोशी प्रदेश सरकारले विशेष व्यवस्था गरिरहेको बताउनुभयो ।
सचिव घिमिरेले कोसी प्रदेशका मुख्य पर्यटकीय गन्तव्यहरूमा भैरहेका र हुने योजना सहितको कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । मित्र राष्ट्रिय भारत र चिन संग सिमाना जोडिएको कारण उक्त देशका पर्यटक भित्र्याउने योजनामा लाग्ने बताउनु भयो । कोसी प्रदेसमा कोशीटप्पु, सगरमाथा राष्ट्रिय निकुञ्ज, आरक्ष क्षेत्रहरू, रामसार क्षेत्र, मुन्धुममार्ग, धार्मिक पर्यटन क्षेत्र, जेफाले, पर्यटकलाई आन्नद दिने ठाउँ भएको बताउनु भयो । उत्त क्षेत्रको प्रचारप्रसारमा सञ्चारकर्मीहरूले सहयोग गर्न सचिव घिमिरेले आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सुशीला पाठकको सभापतित्वमा भएको तीन दिने तालिममा १० जिल्लाका ५० सञ्चारकर्मीको सहभागिता थियो । तालिम पर्यटन कार्यलय धरान सुनसरीको सहयोग कृषी बिकास बैंक लिमिटेड लेटाङ तालिम केन्द्रमा तिन दिन सम्म चल्ने छ ।
















