गोपाल काफ्ले/पथरी, १८ जेष्ठ
मोरङको पथरी शनिश्चरे १० मा रहेको कञ्चनजगा दैविक प्रकोप व्यावस्थापन समितीले खेल मैदानमा भुमीपुजा गरेको छ । पथरी शनिश्चरे नगरमा स्तरिय मैदान अभावका बाबजुत क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो । खेलको दौरानमा खेलाडीहरु चोटिल भएका कारण शनिवार स्थानिय आयोजकले भुमीपुजा गरेको छ । खेलाडी चोटिल वनेपछि भाले काटेरै पुजा गरिएको हो ।

मैदानमा खेलाडी घाइते भएपछि खेलाडी घाइते नहोस भन्दै समितिले भाले चडाएर मैदान पुजा गरेको हो । उत्त मैदान पथरी शनिश्चरे नगर र कानेपोखरी गाँउपालिकाको सिमानामा भएकाले डाँस मोरङ्गी सामुदायीक वनले संरक्षण गर्दै आएको छ । कानेपोखरी गाँउपालिका ७ मा रहेको डाँस मोरङ्गी खेल मैदानलाई अहिले क्रिकेट खेल्नका लागी प्रयोग गरिदै आएको छ ।
शनिवार स्थानिय खेलप्रेमी र खेलाडी सहित प्रतियोगीताका आयोजकले मिलेर भाले काटेर भुमीपुजा गरेका थिए । मैदान व्यावस्थीत नभएकै कारण खेलाडी घाइते भएपछि मैदान पुजा गर्नू परेको प्रतियोगीताका खेल संयोजक सुजन कार्कीले जानकारी दिए । मैदान व्यावस्थित वनाउने कार्य भएपनि हतारमा भएको प्रतियोगीताका केहि खेलाडी घाइते नै भएपछि मैदान पुजा गरिएको हो ।

पहिलो खेलमै डाँस मोरङ्गीबाट खेलेका सुरज मण्डल चोटिल बने । उनको घाटि नेरको हाड भाचियो । त्यस पछि अन्य केहि क्लबका खेलाडीले समेत चोट बोक्न पुगे । खेलाडी घाइते बन्दा आयोजकलाई उपचार खर्च बडयो ।
परम्परागत कार्यका लागी पनि स्वस्ती वाचन गरेर भुमीको पुजा गरिएको आयोजकका अध्यक्ष सागर थापा बताउछन् । ‘हामीले सामाजिक परम्परालाई पनि मान्यता दिएका हौ’ थापाले भने ‘स्थानियवासीले भुमी पुजा गर्न सुझाएपछि त्यसो गरिएको हो’ । परम्परागत रुपमा कुनै दोष र भय उत्पन्न नहोस भनेर भुमी पुजा गर्ने प्रचलन अझै कायम रहेको छ ।
















