गोपाल काफ्ले/पथरी १५ जेठ
मोरङ पथरी शनिश्चरे १० जिरिखिम्तीका किसानले सिंचाई गर्दै आएको पैनी बन्द गरिदिएको छ । सि आर एफ जी र टुन्डी कन्ट्रक्सन अन्तरगत एसियन हावोए निमाणको जिम्मा पाएको बेदालय कन्स्ट्रक्सन प्रा. ली. कम्पनिले पैनी बन्द गरेको हो । पैनी भएका कारण करिव ५० विघा खेती योग्य जमिनमा बाजो हुन सुरु भएको छ । ५० औं बर्ष देखि सिंचाई हुदै आएको किसानको पैनी एसियन हाइवे निमार्णका लागि बसेको प्लान्टले बन्द गरिदिएको हो ।

सुरुवात देखि नै बन्द रहेको पैनी खोल्न स्थानीयहरु कम्पनी संग पटक पटक बसेका । कम्पनी प्रतिनिधी विनोद पौडेलले स्थानीयलाई चाडौ पैनी खोल्ने आस्वसन समेत दिएका थिए । तर हाल सम्म पनि पैनी खोलिएको छैन । कम्पनीले बातावरणमा पारेको असर र मासेको पैनी नहटाए कानुनी लडाई लड्न बाध्यहुने अनोज घिमिरे बताउछन । ‘एउटा कुखुराको फर्म बस्न गाउँमा साछि बस्नु पर्ने यत्रो कम्पनी बस्दा गाउँमा कसैलाई सोधनु नपर्ने’ ? स्थानीय प्रश्न गर्छन ।
यत पथरी शनिश्चरे नगरपालिका भने यो अन्तराष्ट्रिय योजना भएको भन्दै पन्छिने गरेको छ । यता पैनी सडक र कम्पनीले मासिएको विसयमा सडक खण्डका योजना प्रमुख जगत प्रजापती पनि पन्छीने गरेका छन । कम्पनीले दुई सय परिवारले सिचाई संगै घरायसी प्रयोजनका लागि नुहाउने, लुगाधुने, गाई बस्तुलाई पानी खुवाउन प्रयोग गर्दै आएको नक्साको पैनी कम्पनीले बन्द गरिदिएको स्थानीय भिम मगर बताउछन् । कम्पनीले पैनी बन्द गरि कम्पनीबाट निस्कीएको दुषीत पानी पैनीमा मिसाएका कारण गएको असोज कार्तिकमा धानवाली आधा घटेको स्थानीय मगरको भनाई छ ।

स्थानिय संगको सहकार्य विना निर्माण कार्य सुरु गरेकाले उत्त स्थानमा समस्या सृजना हुदै आएको छ । स्थानियले सुरुवात देखिनै बिरोध गर्दै आएका थिए । तर पथरी शनिश्चरे नगरपालिकाले यस विषयमा कुनै प्रतिकृया दिएको छैन । प्लान्टबाट निस्किएको धुवा, धुलो, ध्वनी, दुशित पानी, विकार कच्चा पदार्थ, शौचालयको ढलले बातावरण प्रदुशण र सिचाईमा समस्या आएको स्थानीय जनक पोख्रेल बताउछन् ।
कम्पनिबाट निस्कीएको सिमेन्ट सहितको पानी बन्द रहेको पैनीमा मिसाएका कारण बालिनाली उब्जाउमा आधा घटेको कन्चनजंघा दैविक प्रकोप समितिका अध्यक्ष सागर थापा बताउछन । विकासको नाममा बातावरणको ख्यालै नगरी कम्पनी राख्दा सम्म सरोकारवाला पक्षबाट चासो नराखेको स्थानीय जगत तिवारी बताउछ
पथरी शनिश्चरे नगरपालिका भित्र यत्रो प्लान्ट बस्दा समेत नगरले कुनै चासो नदिएको स्थानिय युवा शंकर दाहालको भनाई छ । यता प्लान्टले स्थानिय सरकार संग कुनै पनि समन्वयकारी भुमिका नगरेको र मनमैजी प्लान्ट राखेको वडा सदस्य विर बहादुर बस्नेतको भनाई छ ।
एसियाली राष्ट्रहरुलाई जोड्ने सडकसंजालका लगि नेपालमा १ सय २० किलोमिटर सडक स्तरोन्नतीको काम सुरु भएको छ । काँकरभिट्टाबाट लौकही सम्मको एसियन हाइवे निमार्णको जिम्मा सि आर एफ जी र टुन्डी कन्ट्रक्सनले पाएको छ । सि आर एफ जी र टुन्डी कन्ट्रक्सनको तर्फबाट एसियन हाईवे निर्माण गर्ने ठेक्का अनुरुप बेदालय कन्स्ट्रक्सन प्रा. ली. कम्पनिले स्थानिय गंगा कटुवाल, गणेश बहादुर कटुवाल संग जग्गा ८ बर्षका लागि लिज हाईवे निर्माणको काम सुरु गरेको छ ।

















