गोपाल काफ्ले/पथरी, १८ फागुन
स्वास्थ्यमा निजी क्षेत्रले आम नागरीकालाई विश्वास र प्रभावकारी ढंगबाट सेवा दनि स्वास्थ्य तथा जनसंख्या मन्त्रि पौडेलले बताउनु भएको छ । मोरङको उर्लावारी ५ मा रहेको अरनिको हस्पिटलमा सी. टी. स्क्यान सेवा उद्घाटन गर्दै स्वास्थ्यमन्त्रि पौडेल उत्त कुरा बताउनु भएकवे हो ।

निजी क्षेत्रले कसरी सस्तो र सर्वसुलभ ढंगबाट सेवा दनि सकिन्छ त्यता तिर ध्यान दिन सके निजी क्षेत्रको प्रभाव वढ्ने मन्त्रि पौडेलले बताउनु भयो । मन्त्रि पौडेलले खर्च गर्न नसक्ने नगरीको अवस्था बुझेर सौलियत ढंगबाट सेवादिन आग्रह गर्नु भयो । मन्त्रि पौडेलले स्वास्थ्यलाई निजी क्षेत्र संग सहकार्य गर्न जरुरी रहेको बताउदै निजी क्षेत्रलाई ब्यवस्थीत गरि प्रभावकारी ढंगबाट अगाडी बढाउन स्वास्थ्य मन्त्रालय तयार रहेको बताउनु भयो ।

मोरङको उर्लावारी ५ मा रहेको अरनिको हस्पिटल प्रा. लि.ले बाह्रौ बर्ष प्रबेस गरे संगै सी. टी. स्क्यान सेवाको सुरु गरेको छ । अस्पतालले चार करोडको लागतमा सी. टी. स्क्यान सेवा सुरु गरेको हस्पिटलका अध्यक्ष लोलिम पोमुले जानकारी दिनु भयो । आजैबाट सेवा सुरु हुने सी टी स्क्यानको उद्घाटन मन्त्रि पौडेलले गर्नु भएको हो । मोरङको विराटनगर बाहिर सबै प्रकारको सेवा प्रदान गर्दै आएको अरनिको अस्पतालमा नेपाल सरकारले प्रदान गर्ने स्वास्थ्य विमा र सामाजिक सुरक्षाकोष समेत सुरु गर्दै आएको छ ।

















