गोपाल काफ्ले /पथरी, १८ फागुन
नेपाल विद्यार्थी संघ देउवा पक्षले पुर्वाञचल विश्व विद्यालय गोठगाँउमा ताला लगाएको छ । हिजो फागुन १७ गते शनिवार नेवि संघका केन्द्रिय सदस्य सुविन पराजुलीको नेत्रित्वमा पुर्वाञचल विश्व विद्यालय गोठगाँउको सेवा आयोगको कार्यलयमा ताला लगाएको हो । शनिवार सेवा आयोगका अध्यक्ष महेश दाहालले कार्यलय खोली ५१ जना कर्मचारीको बढुवामा चलखेल गर्न खोजेको बताउदै देउवा पक्षधरले ताला लगाएको छ ।

सेवा आयोगले आज लिने भनिएको अन्तर्वाता स्थगित भएको छ । पुर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यलयले आज हुने भनेको अन्तरवाता नेपाल विदरयनर्थी संग केन्द्रिय समितिको विज्ञप्तिका कारण अर्को सुचना प्रकासन नहुञजेल सम्म स्थगित रहेको सुचना निकालेको छ । सेवा आयोगको अध्यक्ष दाहालले आफ्नो कार्यकाल सिकन एक महिना रहेको समयमा आन्तरीक बढुवामा चलखेल गर्न खोजेको भन्दै ताला लगाएको सिटोला पक्षका केन्द्रीय सदस्य पराजुलीले बताए । विधी विधान र न्याय सम्मत नरहेको कारण प्रकृया रोक्न र ताल लगाउन बाध्य भएको पराजुलीले बताए ।
















