मोरङमा नेपाली कांग्रेस कोइराला पक्ष कम्जोर हुदै गएको छ । कोइरालाको पकड क्षेत्र मानिदै आएको मोरङमा भातृ संगठनहरु एक आपसमा जुध्नुले कोइराला कम्जोर भएको नेवि संघ सिटौला पक्षाधरका केन्द्रिय सदस्य सुविन पराजुलीले बताए । तर पछिल्लो समय कोइराला पक्षले आफ्नो विरासत गुमाउदै गएको र भातृ संगठनहरु मिलाउन नसक्दा आफु आफु बिच झडप हुने गरेको छ । यस्को एउटा उदाहरण हो फागुन १५ गते बिहीबार विराटनगर स्थित महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघका दुई समूह बीच झडप ।

कांग्रेसको उत्पति मोरङ हो यहि क्षेत्रबाट काग्रेसले सुरुवाती ठुल ठुला आन्दोलनहरु गरेको थियो । यस क्षेत्रमा कोइराला पक्षको बर्चस्व रहेको पाईन्छ । तर फागुन १५ गते कोइराला पक्षबाट जिल्ला सभापती बनेका सरोज पोख्रेल माथी नेवि संघ कै अर्को गुटले आक्रमण गर्यो । महेन्द्र मोरङ क्याम्पसमा इकाइ कमिटी गठन गर्न जाँदा सोही क्याम्पसका इकाई कार्यवाहक अध्यक्ष प्रशान्त यादवले हाम्रो कलेजमा कोइराला पक्षलाई ईकाई कमिटी गठन गर्ने अधिकार जिल्लालाई छैन भन्दै रोक लगाए पछि दुई पक्ष विच झडप भएको थियो ।
त्यस्तै फागुन १६ गते कोइराला पक्ष बाहेकका सिटोला पक्षका सुविन पराजुलीको नेत्रित्वको १२ जना केन्द्रीय सदस्यहरुले संयुक्त रुपमा नेविसंघ मोरङको अध्यक्षमा महेन्द्र मोरङ्ग कलेजका स्ववियु सह-सचिव मोहमद तनवीरलाई चयन समेत गरेको थियो । ‘नेपाल विद्यार्थी संघको विधान २०२७ बमोजिम अध्यक्ष चयन गरेको सो पक्षको दाबी छ । सो पक्षका केन्द्रीय सदस्यहरु अङ्कित भट्टराई, सुविन पराजुली, अभिषेक भट्टराई, विकास भण्डारी, दिपेन रौनियार, रोशन पराजुली, लक्ष्मीनारायण अधिकारी (सरोज), प्रमिला ढकाल (एरिका), सुमन ढकाल, दिवाकर यादव, विवेक लिम्बू र प्रज्वल पौडेलले तनवीरलाई अध्यक्ष चयन गरेका हुन् ।
मोरङमा नेवि संघ पुरानै परिपाटीमा चलेको र कोइरालाको गुटवन्दि रहेको बताउदै अब नेवि संघ नयाँ राजनिती आवस्यत्ता जनता र विद्यार्थीले खोजेको नेवि संघ बनाउने सिटौला पक्षाधरका पराजुलीले बताए । नेवि संघमा जिम्मेवारी दिने कुरामा समूह छुट्याउने कोइराला पक्ष जिल्ला पार्टी नेतृत्वले न्याय गर्छ भन्ने कुरा आम कार्यकर्ताले कसरी विश्वास गर्ने ? ’ केन्द्रीय सदस्य सुविन पराजुलीले प्रश्न गरे ।
‘हामीले दुई अढाइ वर्ष पर्खिएका हौं । नेविसंघमा कोइराला पक्षको भन्दा अरुलाई ठाउँ दिएनन् जिल्ला पार्टीका सम्पूर्ण नेताहरुलाई सबै कुरा भनेका थियौं । तर, आज आएर महेन्द्र मोरङ क्याम्पसमा लफडा सिर्जना भयो। महेन्द्र मोरङ जुन कलेजमा नेवि संघले सहज रुपमा बिजय प्राप्त गर्ने अबस्था छ त्यहाँ आसन्न स्वाविवु निर्वाचनमा प्रभाव पार्ने गरी प्रहार भएपछि आज यो स्थिति सिर्जना भएको हो। महेन्द्र मोरङमा घटेको घटना प्रति एकदमै दुखी व्यक्त गर्दछु र उक्त घटनाको विषयमा सत्यतथ्य छानबिन हुन्छ भन्ने कुरामा विश्वस्त छु।
















