अन्नपूर्ण मा विको ३५औं वार्षिक उत्सव सम्पन्न - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

अन्नपूर्ण मा विको ३५औं वार्षिक उत्सव सम्पन्न

विनायक पाठक/ पथरी, १६ फागुन
पथरी शनिश्चरे नगरपालिका – १ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयले ३५औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । विद्यालयले शैक्षिक शत्र २०८१/८२ मा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्नुका साथै खेलकुद विधामा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथिमा वडा नम्बर १ का वडाध्यक्ष भीम राईले निजी शैक्षिक संस्थाले नगरको शिक्षा क्षेत्रमा पुर्याएको योग्दान चर्चा गर्नु भएको थियो । उक्त अवसरमा पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकीले ३४ वर्ष अघिदेखि शैक्षिक क्षेत्रमा ठूलो योगदान पुर्याएर शैक्षिक गुणस्तर हासिल गरेको भन्दै प्रशंसा गर्नुभयो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वीरेन्द्र गुरुङले विद्यालयको आगामी शैक्षिक योजनाहरू प्रस्तुत गर्नुभएको थियो। विद्यालयका सञ्चालक निर्देशक मदनबहादुर थापाले आउने दिनहरूमा विद्यालयले राम्रो काम विद्यार्थीहरुलाई हौसला प्रदान गर्दै शिक्षकहरूको सम्मानमा कुनै कन्जुस्याई नगर्ने मूल नाराका साथ अघि बढ्ने बताउनु भयो ।

नगर प्याब्सन पथरी शनिश्चरेका अध्यक्ष सन्तोष बस्नेत, विद्यालय सञ्चालक भम्पर थापा, विद्यालयका संयोजक सुरेश थापा, शिक्षक अभिभावक सङ्घकी अध्यक्ष हेम बहादुर श्रेष्ठ, तथा सदस्यहरू क्रमश: जेसिका बस्नेत, कला मगर , लगायतको उपस्थिति रहेको थियो। स्वागत मन्तव्य रामचन्द्र रानाले गर्नुभएको सो कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक आकाश धिमालले गर्नुभएको थियो। कार्यक्रममा अभिभावकलाई विद्यार्थीहरुले विभिन्न नाच गाना र मनोरञ्जन प्रदान गरेका थिए। शिक्षिकाहरुको नाचले सबै अभिभावकलाई खुसीको माहोल दिएको थियो।

सम्बन्धित खवर