छैटौ राष्ट्रपति रनिङशिल्डको पथरी शनिश्चरेमा सुरु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

छैटौ राष्ट्रपति रनिङशिल्डको पथरी शनिश्चरेमा सुरु

गोपाल काफ्ले/पथरी, २३ माघ
वि.स.२०६६ साल देखि  सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छैटौ सस्करण मोरङको पथरी शनिश्चरेमा आजबाट सुरु भएको छ । पथरी शनिश्चरे नगरको आयोजनामा हुने प्रतियोगिता पथरी शनिश्चरे नगरपालिका १ सुनाखरी माध्यमिक विद्यालयमा सुरु भएको छ ।

विद्यालय स्तरका खेलाडीहरूको खेल प्रतिभाको विकास र प्रस्फुटन गर्ने उदेश्यका साथ नेपाल सरकारले यस प्रतियोगिता संचालन गर्दै आएको छ ।  यस प्रतियोगितालाई वि.स.२०६५ साल सम्म वीरेन्द्र रनिङ शिल्डका रूपमा राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्दै आएको थियो । यो एक राष्ट्रिय स्तरको विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हो । यस प्रतियोगिता अन्तरगत भलिबल एथलेटिक्स कबड्डी तेक्वान्दो कराँते उसु फुटबल क्रिकेट खेल हुने गरेको थिए ।

यस बर्षको छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता  ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ सुरु भएको छ ।  पथरी शनिश्चरे नगरपालिका १ सुनाखरी माध्यमिक विद्यालयमा आजबाट सुरु भएको छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०८१ को उद्घाटन नगर प्रमुख मोहन प्रसाद तुम्बापोले गर्नु भएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख तुम्बापोले  ‘छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८१ विद्यार्थीहरुको एउटा सुवर्ण अवसर हो यस कार्यक्रमलाई सबै मिलेर सफल बनाउन आग्रह गर्नु भएको छ । प्रतियोगिता अन्तरगत भलिबल, तेक्वान्दो कराते, सटपुट, ज्यावलिङ थ्रो, लङजम्प, ट्रिपल जम्प, रिले दौड  सय मिटर देखि तिन हजार मिटर सम्म दौडमा २१ अन्तर माध्यमिक विद्यालयका विद्यार्थीहरु प्रतिस्पर्दामा भाग लिएका पथरी शनिश्चरे नगर खेलकुद शाखाका प्रमुख नविन खुलालले बताउनु भयाे। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थी र विद्यालय पुरस्कृत हुने छन् ।

प्रतियोगितामा ११ सामुदायीक र १० संस्थागत विद्यालय गरि २१ वटा विद्यालयको सहभागि रहेको छ । नगरमा २८ वटा सामुदायीक विद्यालय रहेका छन् भने ११ वटा मध्यमिक तहका रहेका छन् । नगर भित्र १४ वटा संस्थागत मध्यमिक तहका विद्यालय रहेका छन ।

नगर प्रमुख तुम्वापोले भलिबल र छेलो हानेर प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रममा वडा पुर्व नगर प्रमुख दिलिप कुमार राई, पञ्चायत माविका वि.व्य.स. अध्यक्ष युवराज बास्कोटा प्रअ अर्जुन कुमार बुढाथोकी, सुनाखरी माविका वि.व्य.स.अध्यक्ष प्रदिपकुमार राई लगायतको उपस्थिती रहेको थियो। प्रतियोगिता माघ २५ गतेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित खवर