साइनो समाचारदाता/पथरी
नेपाल खेलकुद महासंघ पथरी शनिश्चरे नगर कमिटीको आयोजनामा पथरीको रत्नचौकमा रहेको शहिद रत्नकुमार बान्तवा स्मारकमा दिपप्रज्वलन गरेको छ । सो अवसरमा शहिद रत्न कुमार वान्तवा लगायत देशको व्यावस्था परिर्वतनका लागी भएका विभिन्न आन्दोलनमा विरगती प्राप्त गरेका शहिदको सम्झनामा सो कार्यक्रम गरिएको हो ।

दिप प्रज्वलन अघि स्मारकको सफाइ तथा स्मारकमा पहिला राखिएको नेपालको राष्ट्रिय झण्डा पुरानो भएकाले नयाँ झण्डा राखिएको थियो । सो कार्यक्रममा पथरी शनिश्चरेका नगर प्रमुख मोहन तुम्वापो, नेपाल खेलकुद महासंघका जिल्ला अध्यक्ष सितल राया, नेकपा एमाले पथरी शनिश्चरे नगर अध्यक्ष रमेश दाहाल, वडा अध्यक्ष नविन कार्की लगायतको उपस्थीती रहेको थियो । सो कार्यक्रमको संन्चालन महासंघ नगर सचिव अर्जुन काफ्लेले गरेका थिए भने अध्यक्षता महासंघ नगर अध्यक्ष दिवस खजुमको रहेको थियो । महासंघ नगरकमिटीले यो पहिलो औपचारीक कार्यक्रम गरेको हो ।
















