अर्जुन काफ्ले/ पथरी
प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपना समृद्ध नेपाल सुखी नेपालीको सपनालाई पथरीशनिश्चरे २ का जनप्रतिनिधीले पुरा गर्ने कार्यक्रम ल्याएका छन् । केन्द्र सरकारको नेतृत्व ओलीले लिइएकै समयमा वडाको नेतृत्व लिएका नैना राई सहितको जनप्रतिनिधीले वडा वाट गरिव पहिचान गरि रासन कार्डको व्यावस्था गरेका छन। राईले नेपालमै पहिलो पटक पथरीशनिश्चरे २ नम्बर वडाले गरिवी पहिचान गरि वडाका २० परिवारलाई राशन कार्ड वितरण गरेको दावी गरेका छन् । माघ १४ गते एक कार्यक्रम गरि वडामा रहेका अति विपन्न परिवारलाई सहयता हुने गरि राशन कार्ड सेवाको सुरुवात गरिएको हो ।

वडा अध्यक्ष राईका अनुुसार वडामा भएका वडा वासी वाट छनौट गरि २० परिवारलाई पहिलो चरणमा ५ देखी १५ केजी चामल प्रदान गर्न सुरु गरिएको हो । पहिलो चरणमा राशन कार्ड प्राप्त गर्ने परिवारले आउने असार सम्म मासिक रुपमा चामल प्राप्त गर्ने छन् । यो वर्ष वाट वडाको बजेटमा राशन कार्ड कार्यक्रम व्यावस्था गरिएको हो । यो वर्ष १ लाख रुपयाँ वजेट वडाले छुट्याएको छ ।
कार्यक्रममा बोल्दै राईले भने प्रधानमन्त्रीले लिएको सपना सुखी नेपाली समृद्ध नेपाल जुन अभियान छ यो सपना वडाले समेत पुरा गराउने दायीत्वका रुपमा कार्यक्रम ल्याईएको हो । आफे्ना वडाका कुनै पनि वडा वासी भोकै नबसुन भनेर रासन कार्डको व्यावस्था गरिएको हो । कहिले काहि चामल वाडन राहातका कार्यक्रम वडाले गरेपनि यस वर्ष वाट वडा वासीको गास वास र कपासको सुनिस्चितताका लागी रासन कार्ड को कार्यक्रम ल्याइएको हो । राईको भनाइ थियो ।

वडाको टोल विकास समितीले दिएका नामलाई जनप्रतिनिधीले घरमै गएर व्याक्ति छनौट गरेका थिए । अति विपन्न परिवारको पहिचानका लागी वडाले एक महिनाको समय लगाएको थियो । छनौट भएका परिवारलाई आर्थिक अवस्थाका आधारमा अर्का वर्ष पनि निरन्तरता दिने वडा अध्यक्ष राईले जानकारी दिए ।
पहिलो चरणमा चामल मात्र दिए पनि अर्का वर्ष वाट भने दाल,चामल र अन्य आवश्यकिय सामाग्री समेत वितरण गर्ने योजना वडाको रहेको छ । रासन कार्र्ड प्राप्त गर्ने परिवारले कार्ड वडाले निर्धारण गरेको पसलवाटमा वुझाएपछि तोकिएको खाध्यसामाग्री प्राप्त गर्नेछन ।


















