गोपाल काफ्ले /पथरी, २२ पुष
एसियन हाईवे निर्माणका क्रममा मोरङको पथरी शनिश्चरे १० जिरिखिम्तिमा बसेको प्लान्टले बातावरणमा असर परेको भन्दै स्थानियले बिरोध सुरु गरेका छन । प्लान्टबाट निस्किएको धुलो धुवा, दुशित पानी, विकार कच्चा पदार्थ र आवाजले समुदायमा असर परेको भन्दै स्थानियले कम्पनीमा प्रबेश गरि प्रतिनिधी संग आक्रोस ब्याक्त गरेका छन ।

CRFG टुन्डी JV कन्ट्रक्सनले एसियन हाईवे काकरभिट्ट लौकी सडक निर्माणको ठेक्का पाएको थियो । टुन्डी कन्ट्रक्सनका लागि बेदालय कन्स्ट्रक्सन प्रा. ली.कम्पनिले स्थानिय गंगा कटुवाल, गणेश बहादुर कटुवाल र उपेन्द्र कटुवाल संग ८ बर्षका लागि जग्गा लिज लिएर हाईवे निर्माणको काम सुरु गरेको छ । स्थानिय संगको सहकार्य विना र पथरी शनिश्चरे नगरपालिकालाई जानकारी नगराई निर्माण कार्य सुरु गरेकाले स्थानिय बिरोधमा उत्रिएका हुन । एसियन हाईवे निर्माणका लागि भन्दै बसेको प्लान्टबाट निस्किएको धुवा, धुलो, ध्वनी, दुशित पानी, विकार कच्चा पदार्थ, शौचालयको ढल लगायतले बातावरण प्रदुशीत साथै समुदाय र नजिकै रहेको सिचाई पैनिलाई दुसित पारेको छ ।

कम्पनीमा रातको समयमा प्लान्ट भित्र रहेका मेसिन चलाउनाले ध्वनी प्रदुशण, दुशित धुवाले मानव स्वास्थमा असर गरे पछि स्थानिय उक्त कार्य रोक्न कम्पनीलाई सुझाव दिएका छन । कम्पनिले बस्ति भित्रै प्लान्ट राख्नाले घर भित्र धुलो पस्ने र बारीमा दुसित पानी, धुलो धुवा पसि बालि नस्ट भएको स्थानिय भिम मगर बताउनुहुन्छ । कम्पनीमा रहेको प्लान्टबाट निस्किएको दुसित पानि र धुलो धुवाका कारण अघिल्लो बर्षको तुलनामा उत्पादन आधा घटको मगरको भनाई छ ।
बस्ति भित्र रहेको प्लान्टका उपकरण र औजारबाट रातको समयमा ध्वनी प्रदुषण, वायु प्रदषण, जल प्रदुषण तथा एसियन हाईवे निर्माणमा खटिएका कर्मचारी र लेवरका लागि बनेको शौचालयबाट गाउँबासीलाई समास्या स्थानिय युवा जनक पोख्रेलले बताउछन । अझ उक्त स्थानमा प्लान्ट संगै अलकत्र पोल्ने मेसिन अस्फाल्ट प्लान्ट थपिने भए पछि जिरिखिम्तीबासीमा गाउँबासीमा त्रास सृजना भएको छ । प्लान्ट घर र उब्जाउयुक्त कृषी बाली संग टसेर बनेको छ । जस्का कारण समुदायमा प्रदुशण बढेर बस्नै नसकीने भए पछि स्थानिय बिरोधमा उत्रनु परेको डाँस मोरङ्गी सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष हरी निरौलाको भनाई छ ।

नगरले पटक पटक स्थानियको राय सहित आई ई ई गरि प्लान्ट संचालन गर्न मैखिक जानकारी गराए पनि कम्पनिले वेवस्था गरेको पथरी शनिश्चरे नगरका प्रमुख प्रसासकिय अधिकृत शशि राई बतउनु हुन्छ ।
पथरी शनिश्चरे नगरपालिका भित्र यत्रो प्लान्ट बस्दा समेत नगरले कुनै चासो नदिएको कञ्चनजंघा दैविक प्रकोप ब्यावस्थापन समितिका अध्यक्ष सागर थापाको भनाई छ । यता प्लान्टले स्थानिय सरकार संग कुनै पनि समन्वयकारी भुमिका नगरेको र मनमैजी प्लान्ट राखेको वडा सदस्य विर बहादुर बस्नेतले बताए । कम्पनीले स्थानिय स्तरमा गुनासो सुनुवाई समिति बनाएको समेत थाहाँ नभएको अर्का वडा सदस्य दिलबहादुर कार्कीले बताए ।
यता कम्पनिले पारेको असर बोकेर कम्पनी प्रबेश गरेका स्थानियले उक्त स्थानमा अलकत्र पोल्ने मेसिन अस्फाल्ट प्लान्ट कुनै हालतमा राख्न नदिने र बातावरण असर पारेका निर्माणाधिन संरचना नहटाए कानुनी लडाई लड्न बाध्यहुने पुर्व वडा सदस्य अनोज घिमिरेको भनाई छ ।

प्लान्टले समुदायलाई असर गरेको धेरै गुनासो आएको हुदा स्थानिय समुदाय सहित कम्पनी पुगेका वडाध्यक्ष जिवन खतिवडाले कम्पनिले ए आई र आईई नगरी कुनै पनि गतिबिधी संचालन नगर्न निर्देशन दिनु भएको छ ।
लामो समय पछि हुन लागेको बिकास खुसी भएका जिरिखिम्ति बासिलाई प्लान्टबाटै निस्किएको प्रदुशणका कारणले हाईवे हेर्न नपाईने हो कि भन्ने डर सृजना हुन थालेको मदन पोख्रेल बताउनु हुन्छ । पोख्रेल भन्नु हुन्छ “उक्त कार्यको विरोध गर्यो बिकास विरोधी भन्छन नगरौ प्रदुशण ज्यान लेला भन्ने डर छ “। स्थानियलाई असर गर्ने गरि भएका विकासले दुर्घटना निम्त्याउन सक्ने पोख्रेलले बताउनु भयो ।
















